चोरीका ७ मोटरसाइकलसहित १८ वर्षीय युवक पक्राउ

प्रकाशित समय 7:36:00 PM
सर्लाही, १९ पुस । सर्लाही प्रहरीले चोरी गरिएका ७ वटा मोटर साइकल सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ बैरिया टोलका १८ वर्षीय मोहम्मद मजिद छन् ।
उनलाई बुधवार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । सदरमुकाम मलंगवा सहित जिल्लाको विभिन्न स्थानबाट चोरी गरिएको मोटरसाइकल सहित मजिदलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका युवकलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपगरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । डिएसपी थापाका अनुसार बा ८४ प ७८४६, ना २८ प ७२७८, लु २ प ९८६२, बी आर ३० जे ४९६४, बीआर ३० के ९७४५, बीआर ०६ एइ १५०८ र कालो रंगको एक सय ५० सिसीको एउटा अनटेष्ट नम्वरको पल्सर मोटरसाइकल बरामद गरिएको हो ।
बरामद गरिएका मोटरसाईकल सवारी धनी कागजपत्रसहित सवारी दावी गर्नआए जिम्मा लगाइने र सवारी धनी नआएको खण्डमा भन्सार कार्यालयमा बुझाइने प्रहरीले बताएको छ । पछिल्लो समय सदरमुकाम मलंगवामा मोटरसाइकल चोरको बिगबिगी बढेको स्थानीय वासिन्दाले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »