मधेस मुद्दा सत्ताको सिंढी, अजेन्डा भजाउ“दै नेता बन्दै

प्रकाशित समय 9:58:00 PM
मिथिलेश यादव

मधेसी जनताले शताब्दीऔं देखि सहँदै आएको विभेदको आक्रोशलाई २०६३ माघ ५ गते लहानमा विद्रोह गरी पोखे । सो विद्रोहले मुलुकलाई संघीय गणतन्त्रमा लैजान सघायो । अहिले मुलुकमा संघीयता कार्यान्वयन चरणमा प्रवेश गरेको छ । मधेस विद्रोहका धेरै मुद्दा अझै सम्बोधन हुन बाँकी छ । २००८ सालदेखि सुसुप्त अवस्थामा चल्दै आएको मधेस संघर्षले ०६३ माघमा विद्रोहको रुप लियो ।
राज्यसत्ताबाट मधेसी जनतामाथि रङका आधारमा विभेद गरिएको भन्दै २००८ सालमा तराई कांग्रेसको स्थापनासँगै तराई–मधेस क्षेत्रीय दलको उदयभूमि बन्यो । त्यसबेला तराई कांग्रेसको नेतृत्व बेदानन्द झाले गरेका थिए । २०१५ सालको आमनिर्वाचनमा झा पराजित भएपछि उनको पार्टी तराई कांग्रेस पनि विलय भयो । झा नेतृत्वको तराई कांग्रेसका कतिपय नेता पञ्चायतमा मिसिए भने कतिपय नेता नेपाली कांग्रेसमा मिल्न पुगे ।
‘मधेस मुद्दा उचालेर आन्दोलन गर्ने अनि त्यसलाई आफ्नो स्वार्थअनुसार सत्तामा पुग्ने भ¥याङ बनाउने प्रवृतिले गर्दा समस्याको निकास हुन नसकेको हो । तराई कांग्रेसको विलयसँगै रघुनाथ ठाकुरले ‘मधेसी जनक्रान्ति दल खोले । त्यसपछि उही मुद्दा बोकेर गजेन्द्रनारायण सिंहले २०४६ सालमा सद्भावना परिषद् गठन गरे । २०४७ सालमा परिषद्ले सद्भावना पार्टीको स्वरुप धारण ग¥यो । सिंहले रंगभेदविरुद्धको मोर्चामा मधेसलाई गोलबद्ध गर्न सशक्त अभियान थालेसँगै उनको पार्टीमा विभाजनको पहिरो पनि खस्न थाल्यो । पार्टी विभाजनले कमजोर भएका सिंहले केन्द्रीय सत्तासँग मधेसका मुद्दा सम्बोधन गराउन सकेनन् ।
यी तीनैजना नेताको पृष्ठभूमि नेपाली कांग्रेस थियो । उनीहरुले नेपाली कांग्रेसबाट अलग्गिएर मधेसमा रंगभेदविरुद्धको अभियान सुरु गरेका थिए । उनीहरुले मधेसी जनतामाथि भएको विभेदविरुद्ध माउ पार्टी (नेपाली कांग्रेस) बाट विद्रोह गरेर क्षेत्रीय पार्टी खोलेका थिए । मधेस मुद्दा उठाएर केन्द्रीय सत्तामा पुगेका नेताहरुले यस क्षेत्रको विकासमा उल्लेख्य केही गर्न सकेनन् । तर, मधेस मुद्दाका नाममा अहिले पनि राजनीति भएको छ, थुप्रै दल खुलेका छन् । अधिकांश मधेसकेन्द्रित दलले ‘मधेस मुद्दालाई  उठाएर सत्ताको र्भयाङ बनाएका छन् ।
२०६३ सालको ‘मधेस विद्रोह को नेतृत्वकर्ता उपेन्द्र यादव पनि एमाले छाडेर मधेस राजनीतिमा आएका हुन् । उनले ‘रंगभेदविरुद्ध मधेस आन्दोलन भन्दैै  नेतृत्व लिए । त्यसपछि पुरानै मधेस नारा र मुद्दा सम्बोधन गराउन भन्दै नेपाली कांग्रेसबाट अलग भएर महन्थ ठाकुरले तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गरे ।
राज्यसत्तामा सम्मानजनक उपस्थिति, अधिकार र हक हुनुपर्ने भन्दै मधेसी जनताले २०६३ माघ ५ गते लहानबाट गरेको पहिलो ‘मधेस विद्रोह का कारण अन्तरिम संविधान २०६३ ले मधेस र मधेसीको  पहिचानलाई स्वीकार ग¥यो । मधेस विद्रोहकै रापतापले पहिलो संविधानसभामा मधेस केन्द्रित दललाई सम्माजनक हैसियत प्राप्त भयो । प्रमुख दलबाट पनि मधेसमा अधिकांश मधेसी नेता नै विजयी भए । यो चुनावले संविधानसभामा मधेसी सभासद्को उपस्थिति दुई सय १० अर्थात् ३६ प्रतिशत पुग्यो ।
मधेस मुद्दा बोक्ने काँधहरु धेरै भए । नेताहरूले ६ दशकभन्दा बढी समयदेखि मधेस मुद्दा बोक्दै–बिसाउँदै आए । यसमध्ये कयौं नेता दिवंगत पनि भए तर मधेस मुद्दा ज्युँका त्यूँ छ । आखिर किन यति लामो समयदेखि एउटै मुद्दामा अल्झेको छ मधेस राजनीति ?
मधेस मामिला विश्लेषक तुलानारायण साहका अनुसार मधेसकेन्द्रित दलहरुको शक्ति कमजोर भएका कारण अधिकार प्राप्तिको मुद्दा तन्किँदै गएकाले निष्कर्षमा पुग्न नसकेको छ । अधिकार माग्ने समूह (मधेसकेन्द्रित दल) एकले अर्कालाई धक्का दिँदै टुक्रिँदै गएकाले पनि अधिकार प्राप्तिको आन्दोलन लम्बिँदै गएको उनको बुझाइ छ ।
मधेस समस्याले लामो समयसम्म निकास नपाउनुको कारण मधेसकेन्द्रित दलहरुमा आएको विभाजन र सत्ता मोहलाई नै प्रमुख कारण आंैल्याउँछन् साह । उनका अनुसार मधेस विद्रोह निष्कर्षमा पुग्न नसके पनि एक दशकमा मधेसले धेरै उपलब्धी हासिल गरेको छ । उपलब्धिबारे साह भन्छन, ‘२०६३ सालभन्दा पहिला मधेस मुद्दामा मधेसीलाई मात्र चिन्ता र चासो थियो । तर पहिलो विद्रोहपछि देशी–विदेशी सबैको चिन्ता र चासोको विषय बन्न पुग्यो मधेस मुद्दा । २०६३ सालभन्दा पहिला मधेसी जनता करदाता र मतदातामा मात्र सीमिति थिए । साहका अनुसार २०६३ को विद्रोहले यस्तो उथलपुथल ल्याइदियो कि मधेसी जनता मतदाता र करदाताबाट ‘लिडर मा रुपान्तरण भए । मधेस विद्रोहले मधेसी समुदायको भूमिकामा रुपान्तरण ल्यायो । मधेस विद्रोहको बलमा नयाँ–नयाँ राजनीतिक दलको उदय भयो । त्यसले मधेसी नेताको मनोविज्ञानमा पनि उथलपुथल ल्याइदियो । जसका कारण उनीहरु माउ पार्टी कांग्रेस, एमाले छाडेर मधेसकेन्द्रित दल खोलेर क्षेत्रीय राजनीतिमा होमिए ।
‘पहिलो मधेस विद्रोहदेखि अहिलेसम्म नेपाली राजनीतिमा मधेसले ‘गेम चेन्जरको हैसियत राख्दै आएको छ । त्यही  विद्रोहको रापतापका कारण प्रमुख राजनीतिक दलहरु मधेसलाई ‘इङनोर गरेर जाने अवस्थामा छैन, विश्लेषक साहले भने । जसको उदाहरण भर्खरै भएको प्रदेश प्रमुखको नियुक्ति हो । प्रदेश २ र प्रदेश ५ मा मधेसी दलले सिफारिस गरेका व्यतिm प्रमुख नियुतm भएका छन् ।
‘विद्रोहको एक दशकमा मधेसी समुदायको आत्मबल माथि उठेको छ । मधेसी दलहरु राजनीतिक रुपमा व्यवस्थित पनि भएका छन । सधैं आन्दोलनमा मिल्ने र चुनावमा अलग्गिने मधेसी दलहरु पहिलोपटक प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा एकभएर लडे । एकताको बलमा प्रदेश २ मा बहुमत प्राप्त गर्न पनि मधेसी दल सफल भए ।
‘बितेको दशकमा मधेसमा तीनटा आन्दोलन भइसके । अब फेरि द्वन्द्व नहोस, रगत नबगोस् भन्नेमा राज्य गम्भीर हुनपर्छ, सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा भन्छन, ‘प्रमुख दलहरु एकमत भएर मधेसको राजनीतिक मुद्दा समाधान गरेर आर्थिक समृद्धिको लहर चलाउनुपर्छ ।
अजेन्डा भजाउँदै नेता बन्दै बितेका ७० वर्षको इतिहास हेर्ने हो भने मधेस आन्दोलन चलेको ‘मधेस मुद्दाकै कारणले हो । मधेसी जनतामा यो ‘मुद्दा यति लोकप्रिय बनिसकेको छ कि किनासंगठन पनि आन्दोलन उठ्दो रहेछ । त्यसैले होला बितेको दशकमा मधेसमा तीनवटा आन्दोलन उठेको । जसमा धेरै अपरिचित अनुहार नेता भए । ‘मधेस मुद्दा उठाएर आन्दोलन गर्ने अनि नेता बनेर केन्द्रीय सत्तासँग सहमति गर्दै ‘मुद्दा बिसाउने प्रवृत्तिले मधेसले लामो समयसम्म पनि अधिकार र पहिचान पाउन नसकेको बुद्धिजीवीहरु बताउँछन् ।
२०५० सालदेखि ०६४ सालसम्म मधेसी दलसँग त्यो बेलाका सत्तारुढ दलले दसपटक सम्झौता गरेको देखिन्छ । तर यी सम्झौताले निकासभन्दा पनि समस्यालाई निरन्तरता मात्र दिएको देखिन्छ । जसका कारण मधेस मुद्दा पेचिलो बनेर तन्किँदैछ । ‘पछिल्लो एक दशकमा मधेसकेन्द्रित दलका चार दर्जन नेता मन्त्री बने । धेरै अपिरिचत अनुहार नेता भए । तर मधेस मुद्दा सम्झौतापत्रमा मात्र सीमित बन्दै गयो । कारण हो नेतामा मधेस मुद्दाप्रति समर्पण नहुनु, मधेस मामिलाका अर्का विश्लेषक विजयप्रसाद मिश्रको विश्लेषण छ । मधेस मुद्दा उचालेर आन्दोलन गर्ने अनि त्यसलाई आफ्नो स्वार्थअनुसार सत्तामा पुग्ने भ¥याङ बनाउने प्रवृतिले पनि समस्याले निकास पाउन नसकेको उनको बुझाइ छ ।
आन्दोलनको सामाजिक प्रभाव तराई–मधेसमा ठूलो राजनीतिक तरंग ल्याउँदै चेतनास्तरमा समेत उल्लेख्य प्रभाव छाडेको पहिलो  ‘मधेस विद्रोह, २०६३ ले एक दशक नाघ्यो । अधिकार र पहिचानका मुद्दा उठाउँदै त्यसयता मधेसले तीन चरणका आन्दोलन गरिसकेको छ । यस क्रममा मधेसले थुप्रै सपुत गुमायो, ठूलो भौतिक र मानवीय क्षति बेहो¥यो । थुप्रै उपलब्धि पनि हासिल भए । मधेस विद्रोहको पहिलो दिन लहानमा रमेश महतो मारिए । त्यसयता मधेसमा भएका आन्दोलनमा डेढ सय जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »