सि“चाइ र मल दुवैको सुविधा नपाएपछि जनकपुरका किसान दोहोरो मारमा

प्रकाशित समय 10:35:00 PM
गोविन्द महतो
जनकपुरधाम, २८ पुस । जनकपुर उप–महानगरपालिका वडा नं. १२ हनुमान नगरका ५० वर्षीय राजदेव यादवले यस वर्ष दुई बिघामा गँहु खेती गरेका छन् तर, सिचाइँको अभावमा चर्काे मूल्यमा डिजल किनेर दमकलबाट गहुँ खेतमा पानी लगाउन बाध्य भएका छन् उनी । 
एकातिर सिँचाइ समस्या झेलेका उनी अर्का्तिर गुणस्तरीय मल नपाएपछि चिन्तामा परेका छन् । उनी भन्छन, ‘सिँचाइ समस्याबीच जसोतसो गहुँ छरे पनि अब पानी लाउने बेलामा मल नै पाइरहेको छैन् । ब्ल्याकमा मल खरिद गरी खेतमा छर्नुपरेको छ । धनुषा र महोत्तरीमा बर्सेनि ७१ हजार हेक्टर जग्गामा गहुँ खेती हुँदै आए पनि गुणस्तरीय मल नपाएपछि यँहाका किसान समस्यामा परेका हुन् । खेतीका लागि डिएपी, युरिया, पोटासलगायत १८ हजार मेट्रिक टनभन्दा बढी मल खाद्यको माग रहे पनि कृषि सामग्री कम्पनी लगायतका सरोकारवालाहरुले अहिलेसम्म सहज रुपमा ४० प्रतिशत पनि उपलब्ध गराउन सकेको छैन ।
कृषि सामग्री कम्पनीको १३ हजार मेट्रिकटन आपूर्ति गर्ने योजना रहे पनि अहिलेसम्म युरिया २३ सय मेट्रिकटन, डिएपी २५ सय मेट्रिकटन र पोटास १ सय ९० मेट्रिकटन मात्र उपलब्ध गराउन सकेको छ । कृषि सामग्री कम्पनी जनकपुरका प्रमुख पुण्यप्रसाद घिमिरेका अनुसार वीरगञ्ज स्थित गोदाममा केही मात्रामा मल रहे पनि ठेकेदारको लापरबाहीले ढुवानी हुन नसकेका कारण यस्तो समस्या आएको हो । उनले भने, ‘आपूmकहाँ आउनेबित्तिक्कै धनुषा र महोत्तरीका २ सय सहकारीमार्फत मलखाद्य उपलब्ध गराउँदै आएको छु । र यस वर्ष पनि जारी रहन्छ ।
जनकपुर उपमहानगरपालिका बसहियामा रहेका ओम कृषि सहकारी संस्थाका सञ्चालक लक्ष्मेश्वर सहनीका अनुसार कृषि सामग्री कम्पनीले उपलब्ध गराउँदै आएको मल पर्याप्त रहेको छैन । अझ थप उपलब्ध गराउन सके किसानहरुको मागमा सहजता हुने सहनीका भनाइ छ । सहकारीहरुले सहुलियत दरमा किसानहरुलाई उपलब्ध गराउन सामग्रीबाट लगेको मलमा समेत कालोबजारी हुने गरेको आरोप लाग्दै आएको छ । धनुषा र महोत्तरीलगायत प्रदेश नं. २ को मुख्य आम्दानीको स्रोत खेतीपाती नै रहेको छ । सुख्खा र बाढीका कारण लागत अनुसारको धान उत्पादन गर्न नसकेका किसानहरु अहिले सिँचाइ र गुणस्तरीय मल नपाएपछि दोहोरो मारमा परेका छन् ।
वैज्ञानिक तरिकाले खेती गर्ने सोच बनाएका युवा पनि आवश्यक सेवा सुविधा उपलब्ध नहुँदा खाडी मुलुक गएर सस्तो श्रम बेच्न बाध्य भएका हुन् । जसोतसो उब्जाएका अन्नको लागत अनुसारको उचित भाउँ समेत नपाउनु समस्या रहेका कारण निराश भएर कतिपय किसान आफ्नो उर्वर जग्गा बाँझो राख्न विवश छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »