आगलागीबाट १ करोडभन्दा बढीको क्षति

प्रकाशित समय 9:01:00 PM
सिरहा, १६ माघ । गोलबजारको मुख्य चोकमा अवस्थित कम्प्युटर पसलमा मंगलबार बिहान आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गोलबजार प्रहरीका अनुसार सुधिर इन्टरप्राइजेज पसलमा आगलागी हुँदाल्यापटप, प्रिन्टर मेशिन, राउटर लगायत विद्युतीय र कम्प्युटरसम्बन्धी उपकरण र सामग्रीहरु जलेर नष्ट भएको हो ।

राति एक बजे मलाई पसलमा आगलागी भयो भनेर पसल छेउका छिमेकीहरुले फोन गरे सुधिर इन्टरप्राइजेजका सञ्चालक सुधिर साहले भने अधिकांश गाउँपालिका, नगरपालिका र विभिन्न संस्थाहरुको माग बमोजिम ल्याइएको कम्प्युटरसम्बन्धी सबै समानहरु जल्दा म त कंगाल नै हुने भए । आगलागीमा डेढ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको उनले जनाए ।
इलाका प्रहरी गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले विद्युतीय सर्ट हुँदा आगलागी भएको हुन सक्ने र करीब एक करोडभन्दा माथि क्षति हुन सक्ने जानकारी दिए । आगलागीबाट पसल र गोदामको सरसमान जलेर नष्ट भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »