धुर्मुस सुन्तली फाउण्डेशनद्वारा सिरका दुई सय बढी शितलहर पीडितलाई कम्वल प्रदान

प्रकाशित समय 10:45:00 PM
राम नारायण पंडित
सिरहा, २८ पुस । धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सीताराम कट्टेलले शुक्रवार सिरहाका दुईसय घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
शितलहर पीडित सिरहाको धनगढीमाई १३ भर्लेनिका एक सय २५ परिवार सदाय (मुसहर) तथा दलित परिवार र गोलबजार नपा १० धोवीयाधारका ६० परिवार सदायहरुलाई सीताराम कट्टेल ‘धुर्मुस’ ले कम्वल वितरण गरेका हुन् ।
जाडोबाट बाच्न तराई मधेशमा रहेका गरिब, दलित एवं विपन्न घरपरिवारहरुलाई न्यानो कपडा वितरण अभियानमा लागेका कट्टेलले आफू कुनै ठूलो नेता तथा अभियन्ता नभई मानविय धर्म निर्वाहको लागि यो कार्यमा लागेको बताए । उनले पेसा वेवसायका लागि चिनमा रहेका नेपालीहरुले सहयोग स्वरुप पठाएको कम्वल आफूले विपन्न दलित पीडितहरुको सम्म पुर्याउने पुलको काम गरिरहेको वताए ।
सधै हासाउने धुर्मुसले कम्वल वितरणको क्रममा उनले सपूर्ण नेपालीहरुको दुःखमा काधमा काँध हातमा हात मिलाउँदै दुखिहरुलाई सहयोग गर्नु जरुरी छ, त्यसको लागि सवैको हात्तेमालोको जरुरी छ भन्ने बताइरहँदा सवै स्थानीय भावुक भएका थिए । उनले भने, ‘मेरो चाहाना भने तीन करोड नेपाली हासेको हेर्न चाहने हो, त्यही सपनाले मलाई यहाँसम्म ल्याएको बताए ।
हालसम्म सिरहामा शित लहरका कारण ७ जनाको ज्यान गएको छ । तराइमा प्रत्यक वर्ष शितलहर चल्छ, त्यसबाट बच्न राज्यले पूर्व तयारी पहिला नै गर्नु पर्ने हो, त्यसो नगरेको प्रति उनले दुखव्यक्त गरे । कम्वल वितरण कार्यक्रममा गोलबजार नगारपालीका १० वडा अध्यक्ष देवनारायण महतो तथा धनगढीमाई नगरपालीकाका वडा १३ का अध्यक्ष सूर्यमान लामाका उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »