वैदेशिक रोजगारीमा रहेका युवाव्दार न्यानो कपडा र शैक्षिक सामग्री वितरण

प्रकाशित समय 7:28:00 PM
कमलेश यादब
सिरहा, १८ पुस । धनगढीमाई नगरपालीका–९, चैनपुरबाट रोजगारीको लागि विभिन्न मुलुकमा रहेका युवाहरुको सहयोगमा स्थानीय विपन्न दलितहरुलाई शितलहरको वेला न्यानो कपडा तथा तीनका बच्चाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । यस वडाबाट बैदेसिक रोजगारीको शिलशिला मा दुवै, कत्तार, कोरीया, अमेरीका लगाएत विभिन्न मुलुकमा रहका युवाहरुले यहाँका ३६ परिवारलाई एक एक थानका दरले कम्वल र ७२ जना साना नानीहरुलाई कपी, कलप लगाएका शैक्षिक समाग्री वितरण गरेको हो ।
वैदेशिक रोजगारीमा रहेपनि समाजको लागि केही गर्नुपर्छ भन्ने भावना भएका युवाहरुले आफ्ना वडाका गरिव तथा विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक सुधारका लागि भनी शैक्षिक सामाग्री उपलब्ध गराउने उद्देश्य भएपनि जाडोको वेला उनीहरुको अवस्थालाई ख्याल गर्दै कम्वल समेत दिएको रोगजारीको लागि दुवई रहँदै आएका स्थमनीय धु्रव लामाले जनाए । 
विदामा घर आएको वेला साथीहरुसँग विपन्न दलितको बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने सल्लाह अनुसार शैक्षिक साग्री वितरण गरेको जनाए । उनले हाम्रो मुख्य उद्देश्य दलित विपन्नका बालबालिकाका शैक्षिक अवस्था सुधार गर्ने भएको बताए । उनले आउँदा दिनमा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि सहयोग सहयोग गर्ने उद्देश्य रहेको समेत जनाए ।
जाडोको बेला न्यानो कपडा पाएपछि प्रशन्न हुँदै स्थानिय भल्सैर सदाले कम्वल पाएपछि राहत मिलेको बताए । जाडोको बेला न्यानो कपडा अभावमा परालको ओछ्यान र पातलो ओड्नाले धान्दै आएका सदाले न्यानो कपडाले राहत मिलेको बताए । धनगढीमाई –९ चौनपुरस्थित महावीर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजनागरी नगर उपप्रमुख फूलकुमारी श्रेष्ठबाट कम्वल तथा शैक्षिक सामग्री तथा कम्वल वितरण गरिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »