हास्यकलाकार धुर्मुसको भाषणले दर्शकलाई स्तभत्त बनाए

प्रकाशित समय 9:30:00 PM
सिरहा, १० माघ । सधैभरी दर्षक हसाउने हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस को मर्मस्पर्षि तथा भावपुर्ण बक्तव्यले केहिवेर दर्षकदिर्घामा सन्नाटा नै छायो । तराइका मुसहर समुदायले विशेष रुपमा मनाउने माटो दिवसको अवसरमा सिरहको गोलबजार पुगेका ‘धुर्मुस ले जव आफूले सामाजिक कार्यमा गरिव तलितहरुले भोगेका दुःख र त्यो दुःखमा मलहम लगाउनु पाँदाको क्षण सुनाए त्यसवेला धुर्मुसलाई देख्नेवित्तिकै हासोको पर्राछुट्ने दर्षक स्तभत्त भए ।
०७२ को विनासकारी भुकम्प पछि प्राकृतिक प्रकोपा विडित गरिव गरिव दुःखी रदैलनेमा पुगेपछि नेपाली समाजको यथार्थ जनिकबाट बुझ्न पाएको धुर्मुसले बताए । मन्तव्यकै क्रममा उनले माजका दुखी, असहाय, असक्त र गरिबको आवाज बोकेर सकारात्मक सोचका साथ अगाडि बढ्ने उद्धघोष गरे ।
सामाजिक सेवामा लागेकै कारण आफ्नो चार वर्षिया छोरीसँग मुस्किलले चार महिना सँगै विताएको बताए । त्यसैले, सामाजिक कामगर्न त्यति सजिलो नभएको बताउँदै उनले भने, ‘कुनैपनि सामाजिक काम गर्न त्यति जसिलो छैन, तर यो गर्दा जति आनन्द हुन्छ त्यो अरुकाममा छैन ।
सोहिक्रममा कलाकार धुर्मुसले मातृभूमिलाई अन्तराष्ट्रिय जगतमा पहिचान दिलाउन निरन्तर सामाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता जनाए ।
सिरहाको गोलबजारमा बुधबार मुसहर समुदायद्वारा आयोजित ‘आठौं माटो दिवसको अवसरमा उनले माटो छोएर भने, ‘म आज माटोको कसम भन्न चाहन्छु कि हामी (धुर्मुस र सुन्तली) निरन्तर सामाजिक कार्य गरिरहनेछौँ ।
मन्तव्यकै क्रममा भाभुक बनेका आफ्ना दर्षकलाई उनले बीचबीचमा विभिन्न खालका व्यांग्य गरेर हसाउने प्रयास गरे ।
कार्यक्रममा चर्चित गायक तथा गीतकार धिरेन्द्र प्रेमर्षी र रुपा झाले पनि स्टेज तताएका थिए । उनले आफै लेखेका गीत ‘अपने डाला पन पथिया स देवतो पितर पुजाइछै, कहु औं बाबु तैयो महर देह किया छुवाइछै मैथिली गीत गाएका थिए ।
आठओटा माटोको दियो बालेर कार्यक्रमका प्रमुख अतिथि धुर्मूस र मुसहर समुदायबाट पहिलो पटक माओवादी केन्द्रको कोटाबाट सामानुपातिक सांसद बनेकी रानोदेवी सदायले संयुक्त रुपमा उद्घाटन गरेका थिए । स्थानीयले कार्यक्रममा उपस्थित सबै अतिथिलाई माटोको टीका लगाइ दिएका थिए ।
गोलबजार नगरपालीकाका प्रमुख देवनाथ साहले धुर्मुस लगाएत उपस्थित अतिथि हरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »