शितलहरले सिरहाको जनजीवन कष्टकर, एक बालक सहित तीनको मृत्यु

प्रकाशित समय 9:16:00 PM
मुकेश यादब
सिरहा, २२ पुस । सिरहा लगाएत तराइका जिल्लाहरुमा  पछिल्लो दुईसाता भन्दा बढी समयदेखि चलेको शितलहर र कुहिरोको कारण जनजीवन कष्टकर बनेको छ । दिनभरी जसो चल्ने चिसो हावा र तुसारोले वृद्ध तथा बालबालिका बढी प्रभावित हुने गरेको छ ।
चिसोकै कारण सिरहामा एक बालक सहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालीका ७ कसहाका ५५ वर्षिय रामरतन महतो र गोलबजार नगारपालीका ४ का शम्भु साहका ६ वर्षिय छोरा लभ कुमार साहको आज विहान मृत्यु भएको छ भने गोलबजार २ लालपुरका ७० वर्षिय रामप्रसाद महतो हिजै मृत्यु भएको जनाएको ।
जाडोले बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु  भएको स्थानीय रामभरोसी यादवले जनाएको छ । दवुवै वृद्धहरु भने दमका रोगी रहेको बताइएको छ ।
जाडो बढेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । अति आवश्यक काम वाहेक कोही बाहिर निस्कन सकिरहेको छैन । अस्पतालहरुमा चिसोका विरामीहरु बढेको छ । जिल्ला अस्पताल सिरहाका प्रमुख चुमनलाल दासका अनुसार जिल्लाका सवैजसो निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रुघा खोकी, जरो, कोल्ड डायरियाका विरामीहरु बढेको जनाएको छ ।
चिसोका कारण दलित वस्तिका वासिन्दा  बढी विरामी हुने गरेको छ । उनीहरु रात दिन पातलो कमडा र परालको आगोको भरमा बाँचीरहेका छन् । अत्यधिक चिसोबढेपछि सिरहाको करजन्हा नगरपालिका ७ प्रेमनगरको दलित वस्तीमा धुर्मुस सुन्तली फाउन्डेसनले ६५ परिवारलाई कम्वल वितरण गरेको छ । फाउण्डेशनले उपलब्ध गराएको बल्यांकेट जनकपुरका पत्रकार शैलेन्द्र महतो सहितका समूहले वस्तीम पुगेर वितरण गरेको हो ।
पत्रकार महतोले गाउँमै पुगेर कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान मार्फत वितरण गराएको जनाएको छ ।
कठ्याङ्ग्रीदो जाडोमा न्यानो कपडाको अभावमा आगोको भरमा दिन वितारइरहेका मुसहर दलितहरुले कम्वल पाएपछि खुसि व्यक्त गरेका छन् । उनीहरुले हृदय भएकाहरुले टाढाबाट आएर गरिवलाई सहयोग गरेपनि आफैले भोटहालेर जिताएका स्थानीय जनप्रतिनिधीहरुले भने कुनै वास्ता नगरेको गुनासो गरे ।
त्यसैगरी बिष्णुपुर गाउँपालिकाले  बिपन्न गरिब घर परिबारलाई कम्बल बितरण गरेको छ । गाउँपालिकाका ५ वटै वाडामा रहेको गरिब, दलित, अशहाय २ सय ५० घर परिबारलाई कमबल बितरण गरेको छ । गाउँपालिकले ईलाका प्रहरि कार्यलयल बिष्णुपुर कम्वल प्रदान गरेको गाउँपालीका अध्यक्ष जागेश्वर यादवले जानकारि गराए को छ ।
त्यसैगरी, जाडो अत्यधिक बढेपछि आज गोलबजार नगार पालीकाले बजारका चोकहरुमा दाउरा वितरण गरेको छ । नगर पालीकाका सार्वजनिक ठाउँ हरु मा नगरले दाउरा वितरण गरेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »