मिर्चैयामा मगर संघको शुभकामना

प्रकाशित समय 1:42:00 AM
राम नारायण पंडित
सिरहा, ३० पुस । माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ सिरहाले शुभकामना आदान प्रदान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । मिर्चैया नगरपालिका–६ स्थित भएको कार्यक्रममा मगर जातिको पहिरण, सांस्कृतिक प्रस्तुतिको साथै शुभकामना अदान प्रदान गरिएको थियो ।
नेपाली लोक सांस्कृतिको बिकास तथा संरक्षण र सम्बद्धन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय नाच घर काठमांडौैका कालाकारहरुले  लोक सांस्कृति झल्कने सांगितिक प्रस्तुति गरेका थिए ।
कार्यक्रममा माघे संक्रान्ति पर्वको महिमा तथा मगर समुदायको बारेमा चर्चा गरिएको थियो । मगर समुदायले माघे संक्रान्तिलाई मुख्य पर्वको रुपमा मनाउने गदर््छन् ।
नेपाल मगर संघ सिरहाका अध्यक्ष कारीमान पुलामी मगरको अध्यक्षता र संघका केन्द्रिय उपाध्यक्ष कमलपिठा कोठेमगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामजर्घा मगर, रेशम थापामगर, लिलबहादुर बलम्पाकी र गणेश आलेमगर लगायतका सहभागिता रहेको मगर समुदायका अगुवा श्रबण बल्मपाकी मगरले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »