सिरहामा चिसोले मर्नेको संख्या ४ पुग्यो, आज एक बालिकाको मृत्यु

प्रकाशित समय 7:41:00 PM
सिरहा, २३ पुस ः  चिसोका कारण सिरहामा थप एक बालिकाको मृत्यु भएको छ । यो सहित सिरहामा चिसोको कारण मर्नेको संख्या ४ पुगेको छ । सिरहाको गोलबजार–८ चोहर्वा मामाघर आएकी सप्तरी कल्याणपपुर घर भएका कुनकुन मण्डलका ५ वर्षिया छोरी काजलकुमारी मण्डलको मृत्यु भएको हो ।
चिसोका कारण निमोनियाँले ग्रसित बालिकाको उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ । विरामी भएपछि गोलबजारको एक स्वास्थ्य संस्थामा उपचारको लागि ल्याएपनि थप उपचारको लागि लहान लाने क्रममा मृत्यु भएको जनाएको छ ।
यस अघि नै सिरहामा एक बालक सहित ३ जनाको मृत्यु भईसकेको थियो । चिसोकै कारण धनगढीमाई नगरपालीका ७ कसहाका ५५ वर्षिय रामरतन महतो, गोलबजार नगारपालीका ४ का शम्भु साहका ६ वर्षिय छोरा लभ कुमार साह । गोलबजार २ लालपुरका ७० वर्षिय रामप्रसाद महतो हिजै मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »