परालको झुपडीले थेगेन शीतलहर, आगो तापेर रात कटाउन बाध्य

प्रकाशित समय 4:52:00 AM
मणिलाल विश्वकर्मा 
लहान,२ माघ । केही समयदेखि शीतलहरका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्याधिक चिसो बढ्दा वृद्धबृद्धा, बालबालिका र सुत्केरी महिला प्रत्यक्ष मारमा परेका छन् ।
शीतलहर सुरु भएपछि सिरहाका दलित समुदाय कष्टकर जीवन बिताइरहेका छन् । उमेरले ६६ वसन्त पार गरेका सिरहा धनगढीमाई नगरपालिका–९ मुसर्नियाका सोनाई सदायको दम्पती प्रतिनिधि पात्र हुन् । भएको एउटा सन्तान पनि भारत भासिएको वर्षै बितिसक्यो, अहिलेसम्म फर्किएका छैनन् बढ्दो चिसोमा न त उनीहरूलाई साहारा दिने सन्तान नै घरमा छन, न त न्यानो दिने घर नै । परालको झुपडीमा दैनिकी गुजारिरहेका उनीहरू आगो तापेर रात गुजारिरहेका छन् ।
झुपडीले थेगेन जाडो सम्पतिको नाममा सिधा उभिएर पस्न र निस्कनसमेत नमिल्ने पराको झुपडी छ । न त उनीहरू काम गर्नसक्ने अवस्थामा छन् न कमाएर खुवाउने नै कोही छ । ‘एउटा भएको सन्तान पनि कमाउन विदेश गएको फर्किएन, अरू छोराछोरी छैनन, खान र न्यानो नपाएरै मर्ने भइयो सोनाई गुनासो गर्छन् । जाडो थेग्ने गरी लत्ताकपडा नभएपछि वृद्धा दम्पती आगो तापेरै चिसो रात कटाइरहेका छन् । काम गर्न नसक्ने भएपछि कसैले केही देलान र खाउँला भन्ने आसमा उनीहरू बस्छन् । माघे संक्रान्तिका दिन सबैले मीठोमसिनो खाएर रमाइरहेका वेला उनीहरू भोकै थिए ।
मुसहर्नियाकी शर्मिला सुब्बाले दुई थान ब्लयांकेट, पाँच किलो चामल र केही रकम दिएपछि बल्ल उनीहरूले राहत महसुस गरे। उनीहरूको कष्टकर अवस्था थाहा पाएपछि धनगढीमाई–९ घर भई काठमाडौं बस्दै आएका जोना योञ्जनले २५ किलो चामल बराबरको रकम सहयोग गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »