डोम समुदायका बालबालिका शिक्षाबाट वञ्चित

प्रकाशित समय 9:36:00 PM
धनुषा, १० माघ । जनकपुर उपमहानगरपालिका १५, कुवा रामपुरको दलित बस्ती ढल्के टोलमा ८ वर्षीया आरती मल्लिक र ६ वर्षीय राजेश मल्लिक सुँगुर धपाउँदै घरतर्फ जाँदै थिएरु। घरछेउ बाजाको आवाज उनीहरूले सुने ।
सोमबार यहाँका बालबालिका विद्यालयमा सरस्वती पूजा गरी मनोरञ्जन गरिरहेका बेला आरती र राजेश सुँगुर चराएर घर फर्किंदै थिए । घरछेउको सलहेश मन्दिरमा पूजासँगै नाचगान पनि भइरहेको थियो । तर, उनीहरू भने पूजा स्थलसम्म जान पाएनन । डोमका छोराछोरी पूजास्थल आए अन्यलाई असहज हुने भएकाले २७ वर्षीया आमा आशा मल्लिकले आरती र राजेशलाई घरमै बस्न भनिन । उनीहरू विद्यालय पढन नगएकै कारण पूजामा पनि सहभागी हुन पाएनन ।
जिल्ला शिक्षा कार्यालय र माध्यमिक विद्यालय कुवा रामपुर सँगै रहेको ढल्के टोलका ४ डोम परिवारका १० बालबालिका विद्यालय जाने उमेरका छन । तर, जन्मदर्ता नभएकै कारण उनीहरू सुँगुर चराएर दैनिकी बिताउन बाध्य रहेको स्थानीय नगन्दिर मल्लिक बताउँछन । ‘छोराछोरीलाई विद्यालय पठाउने इच्छ भएर भर्ना गर्न स्कुल गएको थिएँ, ३ सन्तानकी आशाले भनिन, ‘जन्मदर्ता नहँुदा भर्ना हुन पाएनन । तीनै छोराछोरीले पढन पाएनन । उनका पतिको नागरिकता नहँुदा विवाह भएको १६ वर्ष बित्दा पनि विवाह दर्ता हुन नसकेको उनले सुनाइन ।
धुमधाम साथ सरस्वती पूजा गरिरहदा पढनबाट वञ्चित डोम समुदायका बालबालिकाले भने प्रसादसमेत चाख्न पाएनन । ढल्केटोलका आरती र राजेश जस्तै दलित बस्तीका बालबालिका जन्म दर्ता र आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित छन । विद्यालय बाहिरका बालबालिकालाई विद्यालय भर्ना गराउन सरकारी तथा गैरसरकारी संस्था सक्रिय भएपनि सामाजिक कुरीतिका कारण दलित बालबालिका पढाइबाट वञ्चित भएको शिक्षक राजदेव दास तत्मा बताउँछा ।
आर्थिक स्थिति कमजोर भएकाले दलितका छोराछोरी विद्यालय आउँदैनन, उनले भने, ‘मधेसमा डोम, हलखोर, मुसहर, खत्वे, दुसाद र तत्मा पिछडिएका जातिमा पर्छन । अन्य जात विद्यालयसम्म पुगे पनि डोम, हलखोरका छोराछोरी कमै आउँछन । चेतना अभावले बालबालिका विद्यालय बाहिर रहेको स्रोत व्यक्ति धनेश्वर यादव बताउँछन । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार धनुषामा प्राथमिक तहमा २ हजार २४ जना र आधारभूत तहमा अध्ययन गर्ने २५ हजार २ सय ५३ जना विद्यालय बाहिर छन । अभिवाक सचेत नहँुदा गरिब र बिपन्न परिवारका बालाबालिका विद्यालय बाहिर रहेको धनुषामा किशोरी शिक्षा सञ्चालन गर्दे आएका सामुदायिक परिवार संघका नित्यानन्द मण्डल बताउँछन । सीमांकृत समुदायका बाल बालिका अन्य समुदायभन्दा बढी विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दानिकान्त झाको भनाइ छ । ‘गरिब, विपन्न र दलित विद्यार्थी लाई विद्यलाय ल्याउन प्रदान गरिने छात्रवृत्तिको प्रभाव न्यून छ, उनले भने, ‘मजदुरी गरी जीविका चलाउने भएकाले विद्यालय जाने उमेरका बालबालिका शिक्षाबाट वञ्चित भएका छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »