रोगले थलि“दै गोलबजारवासी

प्रकाशित समय 8:59:00 PM
मिथिलेश यादव
गोलबजार, १६ माघ । एक दशकअघिसम्म अन्न उत्पादनको केन्द्र मानिने गोलबजार नगरपालिका अहिले इँटाभट्टाको केन्द्र बनेको छ । इँटाभट्टाको फैलिँदो सञ्जालले बस्तीमा खाद्य असुरक्षासँगै रोगको संक्रमण बढाउँदैछ । गोलबजार नगरपालिकामा २१ वटा इँटा उद्योग सञ्चालित छन् । एउटै वडामा पाँचवटासम्म भट्टा पाइएका छन् । धेरैवटा भट्टाबाट निस्कने धुवाँको असर यहाँका बस्ती, धाँजा फाटेका खेत र आँपका बगैंचामा सजिलै हेर्न सकिन्छ ।
धुवाँ र प्रदूषणले आसपासका बगैंचामा आँप फल्दैन । खेतबारीमा अन्नबाली उत्पादन हुँदैन । बस्तीका मानिस श्वासप्रश्वास समस्याले पीडित छन् । गोलबजार मुसहरी बस्तीका रामा सदाय (नाम परिवर्तन) क्षयरोगबाट थलिएका छन् । गाउँकै इँटाभट्टामा मजदुरी गर्ने उनी भन्छन, ‘सुरुमा खोकी लाग्यो, धेरै समय निको नभएपछि जचाउँदा टिबी रहेको थाहा पाएँ । बिसेक हुनका लागि उनले सरकारी अस्पतालबाट निःशुल्क औषधि त पाएका छन् तर कामको चापले नियमित सेवन गर्न नपाउँदा रोगले झनझनै च्याप्दै गएको छ । अहिले उनी घरमै थला परेका छन् ।
राजनीतिक, आर्थिक र सामाजिक रूपमा बलिया इँटा उद्योग सञ्चालकलाई प्रतिकार गर्ने साहस स्थानीयसँग छैन । त्यसैले जति दुःख बेहोर्नुपरे पनि पनि उनीहरू चुपचाप छन् ।
इँटाभट्टाबाट निस्कने प्रदूषणका सिकार हुने सदाय एक्ला होइनन, गोलबजारका अरू थुप्रै मानिस धुवाँको कुहिरो का बीच निस्सासिन बाध्य छन् । गोलबजारका बहादुर सदाय भन्छन, ‘हावा नचलुन्जेल त ठीकै छ, हावा चलेपछि आगोले पोलेजस्तो हुन्छ । यहाँ त बसिनसक्नु हुन्छ । अर्का सगमलाल सदाय घरआँगन कोइला बलेर निस्कने धूवाँको मुस्लो बस्तीभरि फैलिने बताउँछन् । ‘कतिचोटि त हावाले उडाएर ल्याउने कालो धुलो खानामै झर्छ, उनले भने ।
राजनीतिक, आर्थिक र सामाजिक रूपमा बलिया इँटा उद्योग सञ्चालकलाई प्रतिकार गर्ने साहस स्थानीयसँग छैन । त्यसैले जति दुःख बेहोर्नुपरे पनि पनि उनीहरू चुपचाप छन् । ‘बोल्यो भने मालिकले लात हानेर निकालिदिन्छ, भट्टामा आश्रितहरू भन्छन, ‘रोगी हुँदा पनि पेटका लागि चुपचाप बस्नुपरेको छ । भोक हेर्ने कि रोग ।
यहाँका मुसहरहरू बर्खाको तीन महिनाबाहेकका समय भट्टामा काम गरेर गुजारा गर्छन् । बस्तीसँगै भट्टा रहेकाले धुवाँको पहिलो सिकार पनि उनीहरू नै हुन्छन् । स्थानीय बासिन्दा भन्छन, ‘बच्चादेखि वृद्धसम्म सबैको नाकमा वर्षैभरि सकसक भइरहन्छ । बिहान उठ्दा नाकबाट कालैकालो पदार्थ निस्कन्छ । लाग्छ, रातभर धुवाँमा सास फेरेछु, बच्चा लाई झन् कति गाह्रो हुँदो हो ।
इलाका स्वास्थ्य चौकी गोलबजारका प्रमुख निरञ्जन शाक्यका अनुसार यस क्षेत्रका बासिन्दामा श्वासप्रश्वास, दम, क्षयरोगसम्बन्धी स्वास्थ्य समस्या बढी रहेको देखिन्छ । दैनिक जचाउन आउने बिरामीमध्ये चारपाँचजना श्वासप्रश्वासका बिरामी रहेको उनको भनाइ छ । नगरका १४ जना क्षयरोगी यो स्वास्थ्य चौकीमा नियमित औषधि सेवन गर्न आउने गरेको शाक्यले बताए । इँटाभट्टाको धुँवा–कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइड ले वायुमा मात्र नभई पानी र माटोमा पनि नकारात्मक प्रभाव पार्ने उनले जनाए ।
बस्तीको बीचमा इँटाभट्टा भएपछि प्रदूषणले मानव स्वास्थ्यलाई हानी पु¥याए पनि कोही बोल्न सक्ने अवस्थामा नरहेको स्थानीय बताउँछन् । एउटै नगरमा यति धेरै इँटा उद्योग हुने गोलबजार देशकै पहिलो नगर रहेको घरेलु कार्यालयका उद्योग अधिकृत राजेन्द्रलाल कर्णले बताए । थप आठदसवटा इँटाभट्टाको लागतकट्टा भइसकेको छ । इँटा उद्योग थपिए यसको संख्या ३० को हाराहारीमा पुग्नेछ । ‘पहिलेदेखि नै धेरै संख्यामा यो उद्योग सञ्चालनमा छन, उनले भने, ‘यति धेरै उद्योगबाट निस्किएको धुवाँको असर त पक्कै पनि हुन्छ । धेरै संख्यामा इँटाभट्टाले एकै ठाउँ स्थापित हुन वातावरण मूल्यांकन प्रतिवेदन कसरी पाए भन्नेबारे आफू अनभिज्ञ रहेको कर्णले बताए ।
प्रतिवेदन तयार पार्दा उद्योग कर्मचारी उद्योग सञ्चालन हुने ठाउँमा पुग्नुपर्ने प्रावधान छ । स्थलगत अनुगमन गरेरै प्रतिवेदन तयार पारेको भए यस्तो अवस्था आउने थिएन ।
घट्यो खाद्य उत्पादन इँटाभट्टा (फिक्स चिमनी) ले फाल्ने हानीकारक धुवाँको प्रभावले गोलबजारमा मात्र होइन, आसपासका गाउँमा समेत खाद्यान्न उत्पादन घटेको छ । जिल्ला कृषि कार्यालयको सर्वेक्षणले यी ठाउँमा सञ्चालित इँटाभट्टाको धुवाँले उत्पादनमा असर पु¥याएको निष्कर्ष निकालेको छ ।
कृषि कार्यालयका अनुसार जिल्लाको अन्य भागको तुलनामा यो क्षेत्र वातावरणीय दृष्टिले संवेदनशील छ । आँप, गहुँ, धानलगायत उत्पादन अन्य क्षेत्रको तुलनामा यहाँ अत्यन्त कम छ । पहिला वैशाखमा पनि पर्याप्त पानी हुने पोखरीमा अहिले धाँजा फाटेको छ, खेतको हालत पनि उस्तै छ । धुवाँले वातावरण प्रदूषित बनाउँदाको चरम असर यो क्षेत्रका रुखबिरुवा, अन्न उत्पादनमा देखिएको छ ।
वायु प्रदूषणका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा रहेको हालै सार्वजनिक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम सँगको साझेदारीमा हालै सार्वजनिक गरेको ‘इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८ (इपिआई) प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा रहेको छ ।
प्रतिवेदनमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । ऊर्जा खपत गर्ने उद्योगमा केही न केही जलाइन्छ । त्यसले धुवाँ पनि फाल्छ । इँटा उद्योगमात्र नभई जैविक इन्धनमार्फत ऊर्जा खपत हुँदा धुवाँ निस्कन्छ । इँटा उद्योगमा कोइला बढी प्रयोग हुनाले धुवाँ बढी आउँछ । त्यसमा मिसिने विषालु एसपिएम भन्ने कणलाई गनेर मापदण्ड बनाइन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »