धमाधम नगरसभा ८ वटै नगरको सभा सम्पन्न

प्रकाशित समय 8:52:00 PM
रामबाबु यादब
सिरहा, १५ माघ । सिरहा–१७ स्थानीय तहमध्ये ८ नगरपालिका रहेको सिरहामा नगरसभा सकिएको छ । सभा ढिलाईले विकास गतिविधि ठप्प भएपछि नगरपालिकाले सभालाई तिब्रता दिएका हुन । ८ नगरपालिकामध्ये सबैभन्दा पुरानो लहान नगरपालिकाको वार्षिक बजेट १ अर्ब ४७ करोड २७ लाख ४० हजार ३ सय २७ रुपैया छ ।
गोलबजार नगरपालिकाको प्रथम नगरसभाले आर्थिक बर्ष ०७४÷०७५ का लागि ४९ करोडभन्दा बढीको बजेट पारित गरेको छ । नगरसभाबाट पारित निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर देवनाथ साहले नगरसभाबाट चालु आर्थिक बर्ष ०७४÷७५ का लागि ४९ करोड ७७ लाख २४ हजार ४ सय ५० रुपैया बजेट पारित गरेको जानकारी दिए ।
उनका अनुसार आन्तरिक स्रोतबाट १७ करोेड ९० लाख ७ हजार, सरकारको सशर्त अनुदानतर्फ  ११ करोड ९५ लाख ४५ हजार, बित्तिय समानीकरणतर्फ २६ करोड ३० लाख ३२ हजार, विशेष अनुदानतर्फ एलजीसीडिपीबाट १६ लाख ५ हजार, सामाजिक सुरक्षा अनुदान तथा बाल पोषणबाट ५ करोड ८१ लाख ५२ हजार तथा सडक बोर्ड नेपालबाट २५ लाख गरी ४९ करोड ७७ लाख २४ हजार ४ सय ५० रुपैया  अनुमानित आम्दानी पारित गरिएको छ । 
यस्तै, आन्तरिक चालु तथा पूजीगत खर्चतर्फ ५ करोड २७ लाख ९० हजार ४ सय ५०, प्रशासनिक तर्फ ६ करोड ५७ लाख ८३ हजार, पुंजिगततर्फ १९ करोड ७३ लाख ४९ हजार र वडातर्फ ६ करोड ५० लाख रुपैया विनियोजन गरिएको छ ।
नगरसभाले नगरपालिकाभित्र स्मार्ट सिटी निर्माण, खेलकुदमैत्री नगरपालिका बनाउने, नगर क्षेत्रभित्रका पर्यटकीय स्थलहरुको संरक्षण र सम्बद्र्धन गरी पर्यटकीय नगरको रुपमा गोलबजारलाई विकास गर्ने लगायतका योजनाहरु पारित गरेको उनले जानकारी दिए ।
यस्तै सिरहा नगरपालिको प्रथम नगरसभाले चालु आर्थिक वर्षको लागि ७१ करोड ७२ लाख ५३ हजार ३ सय ८७ रुपैयाू बराबरको बजेट पारित गरेको छ ।
सिरहा नगरपालिकाको प्रथम नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकीकरण गर्दै नगरपालिकाका उपप्रमुख डा. नमिता यादवले चालुतर्फ २२ करोड २९ लाख ५ हजार र पूूजीगततर्फ ४९ करोड ४३ लाख ४८ हजार ३८७ रुपैया गरी ७१ करोड ७२ लाख ५३ हजार ३ सय ८७ रुपैयाको बजेट सार्वजनिक गरिन ।
धनगढीमाई नगरपालिकाले गत पुस १९ र २० र सुखीपुरले पुस २१ गते नगरसभा गरे । नगरसभाबाट धनगढीमाई नगरपालिकाले ३८ करोड ३९ लाख ५२ हजार १ सय ११ रुपैयाू र सुखीपुर नगरपालिकाले ३७ करोड ९५ लाख ८५ हजार ९ सय ८१ रुपैयाूको वार्षिक बजेट पारित ग¥यो ।
‘हाम्रो नगरपालिका भर्खरै गाउँबाट नगरतर्फ उन्मुख भएकोले विकास गर्नुपर्छ भनेर सबैले सामुहिक प्रतिबद्धता गरेका छन् धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले भने ‘त्यसैले कर्मचारी थोरै र भौतिक संरचनाको अभावको बावजुद हामीले नगरसभा सक्यौ ।
कर्मचारी र जनप्रतिनिधिहरुले व्यक्तिगत र दलीय स्वार्थ त्याग्ने हो भने जस्तोसुकै समस्याको समाधान पनि तुरुन्त खोज्न सकिन्छ सुखीपुर नगरपालिकाका प्रमुख रामअवतार यादवले भने ‘निर्वाचनको परिणाम निस्कने बित्तिकै पराजीत उम्मेदवारहरुसूग समेत परामर्श गरेर बनाइएको साझा विकासलाई अगाडि बढाउँदा हाम्रो नगरसभा निर्विवाद रुपले सम्पन्न भएको छ ।
दुवै नगर प्रमुखले सुविधा सम्पन्न भवनको निर्माणसूगै आ–आफ्नो नगरपालिकालाई सिरहाकै पहिलो नमूना नगरपालिका बनाउन विकासमा होडबाजी चलेको स्वीकारेका छन् । अधिकांश नगरपालिकाले पहिलो वर्षको बजेटमा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेका छन् ।
सिरहा नगरपालिकाले चालुतर्फ वडा कार्यालयका लागि १ करोड ४३ लाख ५२ हजार रुपैया विनियोजन गरेको छ ।
सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले  हरेक क्षेत्रमा विनियोजन हुने गरी बजेट तथा योजना तर्जुमा गरिएको बताए । उनले भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद व्यवस्थापन तथा सँस्थागत विकास, सेवा प्रवाह र सुशासनलाई विशेष प्राथमिकतामा राखी बजेटको वर्गीकरण गरिएको जानकारी दिए । नगरसभा सम्पन्न गरेका धनगढीमाई र सुखिपुर नगरपालिकाले पूर्वाधार निर्माण सुरु गरिसकेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »