मिर्चैया नगरपालिकाको बजेट ४३ करोड

प्रकाशित समय 8:23:00 PM
राम नारायण पंडित
सिरहा, १२ माघ । मिर्चैया नगरपालिकाले प्रथम नगरसभा बाट ४३ करोड ३२ लाख ९१ हजार १ सय ३३ रुपैयाको बजेट सार्वजनिक गरेको हो । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचन पश्चात विहिबार सम्पन्न पहिलो नगरसभाबाट आर्थिक बर्ष ०७४÷०७५ का लागि सो बजेट प्रस्तुत गरिएको छ । नगर पालिकाका मेयर श्रबण कुमार यादबले अगामी आर्थिक बर्षका लागि आन्तरिक आय तर्फ १ करोेड ५० लाख ९३ हजार १ सय ३३ रुपैया, राजस्ब बाडफाड (रजिष्टेशन तर्फ) ५० लाख, संघिय संरचना पुंजिगत बिकास कार्यक्रम तर्फ ४८ लाख, बित्तिय समिकरण तर्फ २५ करोड २ लाख २३ हजार, सशर्त पुंजिगत तर्फ ७ करोड २ लाख १५ हजार, समाजिक सुरक्षा तर्फ ७ करोड ४४ लाख ३ हजार, सडक बोर्ड तर्फ ३५ लाख, एलजिसिडिपी तर्फ १५ लाख ५७ हजार गरी जम्मा ४३ कारेड ३२ लाख ९१ हजार, १ सय ३३ रुपैयाको बजेट बिनियोजन गरेका हुन् ।
ब्याय तर्फ खर्चमा ७ करोड १४ लाख २ हजार ५ सय रहेको छ । पुंजिगत खर्च मध्ये बित्तिय समिकरण तर्फ २१ करोड २४ लाख ७० हजार ६ सय ३३ रुपैया, सशर्त पुंजिगत तर्फ ७ करोड २ लाख १५ हजार, समाजिक सुरक्षा चालु तर्फ ७ करोड ४४ लाख ३ हजार, संघिय संरचना पुंजिगत बिकास तर्फ ४८ लाख गरि जम्मा ४३ करोड ३२ लाख ९१ हजार १ सय ३३ रुपैया अनुमानित ब्याय प्रस्तुत गरिएको छ ।
जनताको हित र कल्याणको पक्षमा सदुपयोग गर्नुको साथै ५ वर्षको अवधिलाई फलदायी र उपलब्धीमुलक बनाउने लक्ष्यका साथ वजेट, नीति तथा कार्यक्रम तयार गरिएको मेयर यादवले बताए । मेयर यादबले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा विशेष जोड दिने लक्ष्यका साथ बजेट विनियोजन गरेको स्पष्ट गरे ।
पुर्ब मन्त्रि मात्रिका यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपमेयर जिबछी देबी साह, सिरहा क्षेत्र नं. ४ “क” प्रदेशसभा सदस्य दिलिप साह, “ख” का प्रदेशसभा सदस्य सुरेश मण्डल, पुर्ब आइजिपी उपेन्द्रकान्त आर्याल, राष्ट्रपतिका स्बकिय सचिब जिबछ साह, रेडियो धड्कनका प्रबन्ध निर्देशक अंजय कुमार साह, एनप्याबसन सिरहाका अध्यक्ष प्रदिप कुमार तिबारी लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »