प्रमलाई मुख्यमन्त्रीको पत्र ः टेरेनन् संघीय कर्मचारीले

प्रकाशित समय 2:19:00 AM
जनकपुर, १३ फागुन । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखेर संघीय कर्मचारीले प्रादेशिक काममा असहयोग गरिरहेको गुनासो गरेका छन । प्रान्तीय सरकारको काममा अवरोध हुने गरी संघीय मन्त्रालय बाट आइरहेको निर्देशनबारे पनि मुख्यमन्त्री राउतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको लेटर प्याडमा मुख्यमन्त्री राउतले आफै हस्ताक्षर गरेर प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा संघीय कर्मचारीले प्रदेश सरकारको सुरक्षा व्यवस्था मा संवेदनशीलता नदेखाएको गुनासो गरेका छन । ‘प्रदेश २ मा आफ्नै खाले सुरक्षा संवेदन शिलता छ, प्रधानमन्त्रीलाई मुख्यमन्त्रीले लेखेको पत्रमा भनिएको छ, ‘मुख्यमन्त्री, मन्त्री र प्रान्तका महत्त्वपूर्ण पदाधिकारी को सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीबाट सहयोग प्राप्त हुन सकेको छैन ।
मुख्यमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेनाका गार्ड बाहेक उनीलाई अतिरिक्त सुरक्षा दिइएको छैन । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका अन्य पदाधिकारीलाई प्रदेश सरकारले प्रहरीको स्कटिङ र अन्य सुरक्षा बन्दोबस्तका लागि माग गरेका छन ।
तर, प्रदेश २ को प्रहरी कार्यालयले गृह मन्त्रालयको निर्देशिकाले प्रदेश सरकारको सुरक्षा बन्दोबस्त गर्न नसकिएको बताइरहेको छ । गृह मन्त्रालयको निर्देशकामा प्रदेश सरकारलाई स्कटिङ उपलब्ध गराउने उल्लेख नरहेकाले व्यवस्थापन गर्न समस्या परेको प्रदेश प्रहरी प्रमुख एआइजी विजयलाल कायस्थले बताए । ‘प्रदेश सरकारबाट भिआइपीका लागि स्कटिङको माग भएको छ, कायस्थले भने, ‘गृहको निर्देशिकाबाहिर गएर काम गर्न सकिन्न । मुख्यमन्त्री राउत, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सभामुख सरोज यादव, उपसभामुख उपमाकुमारी देवी, मन्त्री जितेन्द्र सोनल र विजय यादवको सुरक्षामा खटिएका नेपाली सेनाका गार्ड बाहेकका सुरक्षा बन्दोबस्त गरिएको छैन ।
प्रदेश २ को प्रशासनिक भवन रहेको जनकपुर चुरोट कारखानाको कम्पाउन्डमा नेपाली सेना र सशस्त्र प्रहरी मात्रै खटाइएको छ । मुख्यमन्त्री राउतले संघीय कर्मचारी र निकायले प्रदेश सरकारलाई ‘सिस्टममा आउन नदिएको गुनासो गरे । ‘प्रदेश सरकारका लागि केन्द्रबाट कर्मचारी खटिएका छन, मुख्यमन्त्री राउतले भने, ‘तर, अझै कर्मचारी आइपुगेका छैनन, लापबार्ही गर्ने कर्मचारीलाई कसले कारबाही गर्नेरु? कि त अटेरी गर्ने कर्मचारीलाई कारबाही गर्ने अधिकार प्रदेशलाई दिनुप¥यो, कि त खटिएका कर्मचारी अनुशासनमा बस्नु प¥यो ।
मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई लेखेको पत्रमा कर्मचारी नआउँदा प्रदेशको काम–कारबाही अबरोध गरेर राख्न नसकिने उल्लेख छ । ‘कर्मचारी नआउँदा प्रादेशिक सरकारको काममा अबरोध भइरहेको छ, मुख्यमन्त्री राउतले पत्रमा लेखेका छन, ‘प्रदेश सरकारले अवलम्बन गर्ने विकल्पमा सहयोग गर्न अनुरोध छ । प्रदेश २ का मुख्यसचिव राजेश्वरमान सिंहले शनिबार सम्ममा ४० जना कर्मचारी मात्र आइपुगेको जानकारी दिएरु। प्रदेश २ का लागि संघीय सरकारले १ सय ७४ जना कर्मचारी खटाएको छ । प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा मुख्यमन्त्री राउतले प्रदेश सरकार संविधान, कानुन र नियम बमोजिम चल्ने र कानुनी शासनप्रति प्रतिबद्ध रहने पनि प्रतिबद्धता व्यक्त गरेका छन । ‘प्रादेशिक संरचना मुलुकका लागि नयाँ खाका हो, मुख्यमन्त्री राउतले पत्रमा लेखेका छन, ‘यसैले नयाँ अभ्यासलाई सुझबुझ, सहकार्य र समन्वयका साथ कार्यान्वयन गरिनुपर्छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार मुख्यमन्त्री राउतले पत्र लेखेका थिए ।
प्रदेश सरकारको काममा अवरोध हुने गरी संघीय सरकार र कर्मचारीबाट भइरहेको व्यवहारलाई यहाँका राजनीति दलले निन्दा गरेका छन । राष्ट्रिय जनता पार्टीका प्रदेश सांसद मनीष सुमनले मुलुक प्रादेशिक संरचनामा गए पनि सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका निकाय अझै पनि संघीय स्वरुपकै रहेकाले प्रदेश सरकारलाई अवरोध गरिरहेको आरोप लगाए । ‘सुरक्षासहितका अन्य निकाय प्रदेशको मातहतमा ल्याउनुपर्छ, उनले भने, ‘यसले प्रदेशको काममा सजिलो हुनेछ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »