खुला ठाउ“मा दिसा गर्ने वडा सदस्य नै पक्राउ परेपछि सिरहाका तीन सय ६२ घरधुरीले मात्र चर्पी बनाउन बाँकी

प्रकाशित समय 5:49:00 PM
सन्तोष यादव
लहान, २७ माघ । खुला ठाउँमा दिसा गरिरहेका बेला नरहा ३ का निर्वाचित वडासदस्य जगदेव महरा शनिबार बिहानै पक्राउ परेका छन् । सरसफाई अभियन्ताले नेपाल प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय मिर्चैया पु¥याएका हुन् । प्रहरी कार्यालयमा महरा हजार रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।
समयमा घरमा चर्पी नबनाउदा र खुला ठाउँमा दिसा पिसाब गर्ने व्यक्तिलाई पक्रेर कारबाही गर्ने निर्णय भएअनुसार महरा पक्राउ परेको अभियन्ता गोपाल घिमिरेले जानकारी दिए । उनका अनुसार महराले अब चाँडै घरमा चर्पी बनाउने प्रतिवद्धता जनाएका छन् । नहरा ३ का पाँच वडा सदस्यमध्ये महरा, समतोलिया मण्डल र बेचन यादवले अझै चर्पी बनाएका छैनन् ।
शिक्षक, नेता र पहुँच वालाले नै समयमा चर्पी नबनाउदा सन् २०१७ सम्ममा पनि सिरहा जिल्ला खुला दिशा मुक्त घोषणा हुन नसकेको अभियन्ताको निष्कर्ष छ । अभियन्ता घिमिरे भन्छन, ‘अब कुल घरधुरीमध्ये तीन सय ६२ जनाको घरमा मात्र चर्पी छैन् । जसमा अधिकांश नेता, शिक्षक र पहुँचवाला व्यक्ति छन् । उनीहरुकै कारण अभियान असफल भएको छ ।
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अनुसार जिल्लामा कुल एक लाख १८ हजार दुई ३६ घरधुरी रहेकोमा ती सय ६२ घरमा अझै चर्पी छैन । समितिका फोकल पर्सन रमेश निधीले जिल्लामा रहेका १७ स्थानीय तहमध्ये १४ स्थानीय तह खुला दिशामुक्त भइसकेको बताए । उनले भने, ‘नरहा गाउँपालिकाका एक ७२, अर्नमा गाउँपालिकाका एक सय तीन र सिरहा नगरपालिकाका ८७ घरधुरीले मात्र चर्पी बनाएका छैन ।
उनका अनुसार चर्पी अझै नबनाएका व्यक्तिले माघभित्रै बनाउने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘चर्पी नबनाएका व्यक्तिको घर पुगेर दैनिक घच्घचाउने काम गरिरहेका छौं । माघभित्र उनीहरु चर्पी बनायो भने फागुनको पहिलो साता सिरहा जिल्ला नै खुला दिशामुक्त घोषणा हुन्छ । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये सिरहा सरसफाईमा अगाडि भएको उनको दाबी छ ।
चेतनाको अभावका कारण चर्पी घरमा भएपनि खुला ठाउँमा दिसा पिसाब गर्नेको संख्या अत्यधिक रहेको अभियन्ता बताउँछन् । अभियन्ता रामेन्द्र यादव भन्छन, ‘चर्पी घरमा छ । तर, बाहिर दिशा गर्न धेरैले छाडेका छैन् । चेतनाको एकदमै अभाव छ । विशेष गरी दलित समुदायका व्यक्ति घरमा चर्पी बनाएर पनि प्रयोग नगर्ने गरेको पाइएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »