वास्थ्य चौकीमा छैन शौचालय

प्रकाशित समय 7:29:00 PM
कमलेश यादब
सिरहा, ३ फागुन । सिरहाको लक्ष्मीपुर पातारी गाउँपालीका ३ महेसपुरमा सँगै रहेको स्वास्थ्य चौकी र कृषि सेवा केन्द्रमा शौचालय नहुँदा त्यहा कार्यरत कर्मचारी र सेवाग्राहिले सास्तीभोग्दै आएको छ । दैनिक २५ देखि ३० जना विरामी उपचारको लागि आउने स्वास्थ्य चौकीमा शौचालय नहुँदा त्यहाँ कार्यरत कर्मचारी र सेवा ग्राही समस्यामा पर्ने गरेका हुन् । 
गत पुस १४ गते खुल्ला दिसामुक्त घोषणा भएको यस गाउँपालीकाको स्वास्थ्य चौकीमै शौचालय छैन् ।  उपचारका लागि आउने विरामी तथा कर्मचारीलाई दिसा लागे आफ्नै घरै पुग्नु पर्ने बाध्यता रहेको केन्द्र प्रमुख हेल्थ असिस्टेन्ट विवेक कुमार चौरसियाले दुखेसो पोखे । उनलभने, ‘स्वास्थ्य चौकीमा कोही विरामी आएको वेला शौच गर्नुपर्ने अवस्था भए घरै जानुपर्ने हुँन्छ, कर्मचारीहरु भने डेरामै कुद्नुपर्ने बाध्यता छ ।
कृषि सेवा केन्द्रको पुरानो भवनमा रहेको स्वास्थ्य चौकीको शौचालय भत्केपछि यहाँ कार्यरत चार जना कर्मचारी र सेवा ग्राहीले शास्ती भोग्नु परेको हो । पुरानो शौचालय भत्केको वर्षौं भईसक्दा पनि नयाँ बनाउने पहल गरेपनि अझै बन्न नसकेको प्रमुख चौरसियाले जनाए ।
उनले स्थानीय तहमा पटक पटक जानकारी गराउँदा पनि त्यसको कुनै सुनुवाई नभएको जनाए । आफ्नो मातहतको कार्यालयमा जानकारी गराउँदा आफ्नै भवन नभएकोले शौचालयको लागिमात्र रकम दिन नसकिने भनेपछि आफूहरुले दुःख खेप्दै आउनु परेको दुखेसो गरे ।
भवन पुरानो र जिर्न भएकाले औषधी राख्न समेत समस्या हुने गरेको कर्मचारीको गुनासो रहेको छ । वर्षायाममा पानी चुहिएर औषधी भिज्न थालेपछि गाउँपालीकासँग त्रिपाल मागेर औषधी छोपेर सुरक्षित राख्ने गरेको जनाए ।
एउटै भवनमा कृषि र स्वास्थ्य कार्यालय चलाउनु परेकोले झन समस्या हुने गरेको कर्मचारीहरुको गुनासो रहेको छ । कृषि सेवा केन्द्रले एउटा साँघुरो कोठामा कार्यालय संचालन गरेको छ भने स्वास्थ्य चौकीले अली ठूलो कोठामा कार्यालय र विरामी जाँच गर्दै आएको छ । 
कोठा अभाव रहेकोले एउटै कोठामा पर्दा लगाएर आधा आधा पारी काम चलाई रहेको चौकीमा कार्यरत अहेव कमल बटालाले सुनाए ।
यो गाउँपालीकाको ३ नम्वर वडा खुल्ला दिसामुक्त गर्ने कामको सहजीकरण रेडक्रस सोशाइटी, सिरहा शाखाले लिएको थियोे । यो वडाको ६ सय २५ सवै घरधुरीमा शौचालय भएको र प्रयोग गर्ने गरेको भन्दै गत पुस १४ गते खुल्ला दिसामुक्त वडा घोषणा गरेको सोशाइटीका संयोजक अशोक यादवले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »