सरुवा भएको चार महिनासम्म पनि प्रमुखले छोडेनन् कार्यालय

प्रकाशित समय 7:15:00 PM
सिरहा, १ फागुन । स्थनीय तहमा कर्मचारीको अभाव भईरहेका बेला स्थानीय तहमै सरुवा भएका लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख ओमकार प्रसाद न्यौपानले सरुवा भएको चार महिना बित्दा पनि कार्यालय छोडेका छैनन् ।
कार्यालय प्रमुख न्यौपाने गत कार्तिक अन्तिम साता संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत् मोरङ्को सुन्दर हरैचा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका थिए ।
सरुवाको पत्र आएपनि न्यौपाने अटेर गरेर यातायात कार्यालयमा नछोड्नुमा स्थानीयमा भन्दा यातायात व्यवस्था कार्यालयमा राम्रो कमाई हुने भएकाले सरुवा भएको कार्यालयमा नगएको लेखापढि व्यवसायी सतिश राय बताउँछन् । यातायात कार्यलयमा साना तथा हलुका, ठूला सवारी साधनको नवीकरण, जाँचपास, सडक अनुमति, पटके करबाट राजश्वबाहेक दैनिक चारदेखि पाँच हजार रुपैयाँसम्म कमाई हुने बताइन्छ । यातायातकै एक कर्मचारी नाम उल्लेख नगर्ने शर्तमा भन्छन् ‘हाकिम साहवले सरुवाको पत्र बुझिेसकेको भएपनि विभागलाई समेत प्रलोभनमा पारेर कार्यालयमै बसिरहेका छन् ।
स्थानीय विकास मन्त्रालयले पटक पटक सरुवा भएको स्थानीय तहमा हाजिर हुन ताकेता गरेपनि न्यौपानेले नटेरेपछि करिब हप्ता दिन पहिले २४ घण्टे स्पष्टीकरण समेत सोधेको कार्यालय स्रोतले जनाएको छ । सरुवा भईसकेका न्यौपानेले अटेर गरेर कार्यालयमै बसिरहनुमा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई समेत मिलाएको स्रोतको दावी छ ।
सरुवाको पत्र आएपनि सम्बन्धित स्थानीय तहमा नगएको विषयमा प्रमुख न्यौपानेले आफूकहाँ यातायात व्यवस्था विभागको आधिकारिक पत्र नआएको दावी गरे । ‘आधिकारिक पत्र नआएकाले कार्यालयको बरबुझारथ गर्ने कुरा आएन, त्यसोहुँदा कार्यालय कसरी छोडेर जाने ?

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »