पाँच भाई सदायले एकैलहरमा बनाए शौचालय

प्रकाशित समय 7:59:00 PM
आशिष विश्वकर्मा
सिरहा, ४ फागुन । देख्दा सार्वजनिक शौचालय जस्तो लाग्ने यो शौचालय सिरहा सुखिपुर–१ मोहनपुरका पाँच भाई सदायहरुले आफ्नो निजी प्रयोगको लागि एकै ठाउँमा बनाएको हो । थोरैमात्र जमिनमा माटोको भित्ता र खरको छाएको छानोभएको गुजुमुजु घरहरु बनाएर बसेका यी सदाय परिवारले कम खर्च  र थोरै जमिनमा एकैठाउँमा शौचालय बनाएका हुन् ।
मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका रामकरण, लखन, राम, लक्ष्मण र भरत सदाय पाँचै भाईले एउटै छानोमुनि चिटिक्क परेको शौचालय बनाए अहिले गाउँमै नमुना बनेका छन् । उनिहरुले एकैलहरमो छुटा छुट्टै शौचालय कोठा, ढोका र सेफ्टीट्याङ्क बनाएका छन् ।
थोरै जमिन भएकाले कहाँ, कसरी शौचालय बनाउने भन्ने चिन्तामा रहेका उनीहरु एकैलहरमा  शौचालय बनाएपछि ढुक्क भएका छन् । एकै लहरमा जोडेर शौचालय बनाउँदा कम खर्च र जमिनमा पनि बन्ने बएपछि सवैजना मिलेर सँगै बनाएको लक्ष्मण सदायकी श्रीमती गीतादेवीले बताए ।
उनीहरुले करिव एक लाख २५ हजारको लागतमा शौचालय निर्माण गरेको जनाए । गीताले भने, ‘हामी सवैजनाले  बरारवरका दरले पैसा लगायौं, सामानहरु ल्याएर बनाएका हौं, घरका सवै पुरुष महिलाको सल्लाहले एकैलहरमा शौचालय बनायौं ।
गाउँमा सवैले शौचालय बनाउनु पर्छ भनेपछि थोरै जमिन भएका हामीलाई कसरी शौचालय बनाउने भन्ने लागिरहेको थियो पछि सल्लाह भएर एकैठाउँ बनाउने भएपछि यति राम्रो शौचालय बन्यो, भरतकी श्रीमती दुर्गादेवि सदायले भने, ‘यस्तो राम्रो शौचालय २५ हजारमा कहाँ बन्नु, सवैले एकैठाउँ मिलेर बनाएकोले राम्रो र सस्तोमा बन्यो ।
शौचालय बनेपछि सवैभन्दा सहज हामी महिलाहरुलाई नै भएको पनि दुर्गादेवीले सुनाइन् । बाहिर शौचगर्न जादाँ महिलाहरु रातीको समयमा मात्र जानुपर्ने बाध्यता थियो । दिउँसो शौचालय लागे मानिस भएनभएको हेरेर वस्नु पर्ने हुन्थ्यो । विरामी पर्दा हामीलाई सारै समस्या खेप्नु परेको विगत दुर्गादेवीले सुनाए । रात विरात शौच गर्न जाँदा डर त्रास हुन्थ्यो, अहिले धेरै जहज भएको छ, दुर्गादेविले शौचालय बनेपछि को आनन्द बयान गरे । शौचालय बनाएपछि केटा केटीले जताभागी दिसागरेर फोहर हुन्थ्यो, अहिले नानीहरुपनि शौचालय जाने भएपछि घर वरपरपनि सफा भएको उनले चामहिनाको अनुभव सुनाए ।
उनीहरु पाँचै भाई भिन्दो भएपनि शौचालय निर्माणले उनीहरुलाई अझ नजिक बनाएको छ । उनीहरु पाँच भाईको जम्मा २३ जना छन् । जेष्ठो रामकरणको ३ वहिनी छोरी र एक छोरा सहित ६ जनाको परिवार छ । महिलो लखन र साहिलो रामको २÷२ जना छोरा छोरी सहित ४÷४ जनाको परिवार छ । काइलो लक्ष्मणको दुई छोरी र १ छोरा सहित ५ जनाको परिवार छ भने कान्छो भरतको एक छोरा र एक छोरी सहित ४ जनाको परिवार छ ।
चार महिना अघिसम्म खुल्ला मैदानमा शौच गर्दै आएको उहाँहरु प्छिल्लो ३–४ महिना देखि शौचालय प्रयोग गर्छ । सरसफाई अभियनकर्ताहरु घर घरमै आएर शौचालयको आवश्यकता र महत्व दर्शाएपछि आपूmहरुले शौचालय बनाएको बताए । सरसफाई र स्वास्थ्यको वारेमा बुझाएपछि गाउँलेहरुले जस्तै हामीले पनि शौचालय बनायौं ।
जिल्ला लाई नै चाँडै खुल्ला दिसामुत्त बनाउने भनेपछि आफूहरुले पनि सो अभियानमा सहयोग पुर्याउन शौचालय निर्माण गरेको उनीहरुले सुनाए । जिल्लाको एक लाख १८ हजार ५ सय ९८ घरधुरीमध्य एक लाख १८ हजार २ सय ३६ घर धुरीमा शौचालय निर्माण भईसकेको जिल्ला खानेपानी सरसफाई तथा स्वक्षता समन्वय समितिले जनाएको छ । जिलामा अव ३ सय ६२ घर धुरीमामा मात्र शौचालय निर्माण हुन बाँकी रहेको बताएको छ ।
तर, जिल्ला खुल्ला दिसामुक्त गर्ने भनेपनि जिल्लाका कतिपय स्थानीय तहका वडा कार्यालय तथा स्वास्थ्य केन्द्रहरुमा नै शौचालय छैन । यसले अभियान लाई प्रभावित पार्नसक्ने बताइएको छ । 
ग्रमिण जागरण समाज, धनगढीमाई नपा ५ सिरहाले सरससफाई पूर्ण सरसफाई तथा खुल्ला दिसामुक्त अभियान संचालन गर्नु अघिसम्म सुखिपुर १ शिवनगरको ५१ प्रतिशत घरधुरीमा शौचालय थियो । ५ सय ५८ घर धुरी रहेको यो वडामा अभियान संचालन हुनु अघिसम्म दुई सय ८२ घर परिवारको शौचालय थियो । अहिले अभियान पछि ५ सय ५८ वटै परिवारसँग शौचालय रहेको छ । उनीहरुले शौचालय प्रयोग गर्ने गरेको पनि बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »