मंगलबारको नेपाल बन्द सफल भएको विप्लवको दाबी, थप आन्दोलनका कार्यक्रम सार्वजनिक

प्रकाशित समय 7:10:00 PM
काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले मंगलबार घोषणा गरेको आन्दोलन सफल भएको दाबी गरेको छ । बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव ले बन्द सफल भएको दाबी गरेका हुन् ।
राज्य आतंक र ओली सरकार को दमनविरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मित्र राजनीतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियता मा शानदार ढंगले सफल भएको छ, विप्लवको विज्ञप्तिमा भनिए को छ, ‘बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनीतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं ।
विप्लवले विज्ञप्तिमा बन्द गराउँदै हिड्ने नेता कार्यकर्ता पक्राउ गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । उनले गिरफ्तारीमा परेका सबै नेता तथा कार्यकर्तालाई तत्काल मुक्त नगरे आइपर्ने परिस्थितिको जिम्मेवार ओली सरकार हुनुपर्ने चेतावनी समेत दिएका छन् ।
‘बन्द सघर्षमा सहभागी सयौंको संख्यामा नेता कार्यकर्तालाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागी स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राईलगायत बन्दका क्रममा गिरफ्तार पारेका सम्पूर्ण कमरेडलाई यथाशिघ्र मुक्त गरियोस, विज्ञप्तिमा थप भनिएको छ,‘अन्यथा अझ सशक्त कार्यक्रमको घोषणासहित प्रतिरोध गरिने छ । संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनु पर्ने छ ।
सँगै विप्लवको पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जस अन्तर्गत फागुन ९ गते कोणसभा, १० गते अन्तरक्रिया, ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने, १२ गते प्रदर्शन गर्ने र १३ गते देशव्यापी कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »