मृत्युस“ग जुध्दै आरक्ष वरिपरिका स्थानीयवासी

प्रकाशित समय 7:58:00 PM
राजु विश्वकर्मा
लहान, १६ फागुन । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी गत फागुन १ गते दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी टोलकी दुई महिलाको मृत्यु भयो । 
दाउरा लिन आरक्ष क्षेत्रभित्र जाँदै गरेकी पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीया दुर्गीदेवी मुखियालाई हात्तीले आक्रमण गर्दा दुबै जनाको मृत्युभयो । मध्याह्न १२ बजे दाउरा खोज्दै आरक्षको बाँधमा पुग्नासाथ हात्तीले दुबै जनालाई लखेटेको थियो । 
गत माघ १६ गते कोशी टप्पु आरक्षबाटै आएको भालुले सप्तकोशी नगरपालिका–६ का जीवनाथ आचार्यलाई चिथारो । जंगलमा घाँस काट्न जाँदा भालुको आक्रमणमा परेका आचार्य गम्भीर घाइते भए । उनलाई उपचारका लागि तत्कालै विराटनगरस्थित गोल्डेन अस्पताल पु¥याइयो । उनको अनुहार क्षतविक्षत् भएको छ, भने देब्रे आँखा भालुले निकालेको स्थानीय वासी गीता पौडेलले बताए ।
खर्च अभावका कारण घाइते आचार्यले स्तरीय सेवा पाउन नसकेको स्थानीयवासीको भनाइ छ । त्यसको ठीक २० दिनअघि गत पुस २६ गते आरक्षबाट निस्केको अर्नाले सप्तकोशी नगरपालिका–५ सदा बस्तीका ५० वर्षीय झपड सदालाई घाइते बनायो । बाख्रालाई घाँस काट्न गएका बेला बाँसघारीमा बसेको अर्नाले सदालाई आक्रमण गरेको थियो । खुट्टाको विभिन्न भाग तथा पेटमा गम्भीर चोट लागेकाले सदालाई अस्पताल भर्ना गरियो । उनको पनि उपचार भइरहेको छ ।
एक वर्षअघि मात्र सप्तकोशी नगरपालिका–५ कै (साविक फत्तेपुर–९ गंगाजली ५५ वर्षीया नरमाया राउतलाई भालुले आक्रमण गरी घाइते बनाएको थियो । घाँस काट्न जंगल गएकी राउतलाई गाउँबाट करिब एक किलोमिटरको दुरीमा भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट गम्भीर घाइते राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि अवस्था सामान्य भएको छ । 
स्थानीयवासी पौडेलका अनुसार विगत एक वर्षको अवधिमा स्थानीयवासी सुवाराम चौधरी, गोपाल राउत, प्रेम खत्रीलगायत आधा दर्जनभन्दा बढीलाई जंगली जनावरले घाइते बनाएको छ ।
यति मात्रै होइन, सप्तरीमा हात्ती, अर्नालगायतका जंगली जनावर को आक्रमणबाट वर्षेनी सर्व साधारणले ज्यान गुमाउँदै आएका छन् । हालसम्म कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खड्ग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादवलगायतले हात्ती र अर्नाको आक्रमणबाट ज्यान गुमाइसकेका छन् । 
जंगली जनावरको आक्रमणमा परी कतिपयको तत्कालै मृत्यु हुने गरेको छ भने कतिपयको तत्काल उपचार भए पनि घाउमा इन्फेक्सन भएर केही समयपछि पनि मृत्यु हुने गरेको छ । 
विसं २०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । कूल १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ ।
यो आरक्ष सन् १९८७ रामसार सूचीमा सूचीकृत भई नेपालको पहिलो ठूलो रामसार क्षेत्रको रूपमा चिनिएको छ । यस आरक्षमा ४८९ प्रजातिका चरा,२१९ को संख्यामा दुर्लभ अर्ना र करिब ११÷१२ वटा दुर्लभ डल्फिन समेत संरक्षित रहेका छन् । 
स्थापनाकालदेखि नै कोशीटप्पु आरक्षको जीवजन्तुले वर्षेनी उत्पात मच्चाउँदै ब्यापक धनजनको क्षति पु¥याउँदै आएकाले यसको नियन्त्रणको ठोस पहल गर्न नयाँ सरकारसँग आग्रह समेत गरेका छन् । 
कोशीटप्पु आरक्षको जीवजन्तु को उत्पातबाट आफूहरूको जीवन नै संकटमा परेको छ, कञ्चनरुप नगरपालिका–३ का स्थानीयवासी सुरेन्द्र यादव भन्छ–“विगतका सरकारबाट आरक्षका जनावर नियन्त्रणका पहल भएन्, अबको सरकारले गर्छ की भन्ने विश्वास लागेको छ ।”
पटकपटक जंगली जनावरको नियन्त्रणका लागि स्थानीयवासीबाट माग उठ्दै आए पनि सरकारीस्तरबाट खासै कुनै पहल नभएको सुनाउँदै पूर्वसांसद समेत रहेका कञ्चनरुप नगरपालिका निवासी मानपुर चौधरी भन्छ–“आफू संसद्मा पनि कतिपटक कोशीटप्पुको जंगली जनावरको नियन्त्रणबारे कुरा उठाए पनि कुनै ठोस् प्रगति हुनसकेको छैन् ।” 
जंगली जनावरले हैरान पारेपछि कञ्चनरुप नगरपालिकावासीले सरकारलाई दबाब दिन केही दिनअघि आन्दोलनको तयारी समेत गरे । तर सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले आन्दोलन छोडेर अर्को विकल्प रोज्न आग्रह गरेपछि आन्दोलन स्थगित गरेका छन् ।
कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले आरक्षबाट निस्कने जंगली पशुको आक्रमणमा परी यसवर्ष मात्रै तीनजना किसानले ज्यान गुमाएको स्मरण गराउँदै यसको दीर्घकालीन समाधान नखोजे जनताको जीवन रक्षाका लागि आफ्नै नेतृत्वमा आन्दोलन शुरु गर्ने चेतावनी दिन्छ । 
हात्ती, अर्ना, भालुलगायतका जंगली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले त्यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन सप्तरीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग समेत आग्रह गर्दै आएका छन् । 
कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले पनि जंगली जनावरको पीडा स्थानीयवासीका लागि ‘पैतालाको खिल’ सरह भएको भन्दै समयमै यसको समाधान खोज्न आग्रह गर्छ ।
आरक्षले दिने क्षतिपूर्ति पनि सन्तोषजनक छैन्, अध्यक्ष यादव भन्छ–“जनता विस्थापित हुने अवस्थालाई रोक्न समयमै विकल्प खोज्नु राम्रो हुन्छ ।” यता कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा सुनसरीका वार्डेन श्यामकुमार साहले कञ्चनरुप नगरपालिका–५ स्थित पथरीदेखि बदगामासम्म घेराबेरा गर्न गत आर्थिक वर्षमा रु एक करोड ३० लाख विनियोजन गरिएको रकम फिर्ता गएको बताउछ ।
हामीले पटकपटक ‘घेराबेरा गर्न बैठक गर्यौं तर स्थानीय केही व्यक्तिको विरोधका कारण घेराबेरा गर्ने काम नभएकोले पैसा फिर्ता गएको हो, वार्डेन साह भन्छ–“उदयपुरको भागलपुरतर्फ समेत घेराबेरा भइसक्यो, सुनसरीमा पहिले भएको थियो तर सप्तरीका स्थानीयवासीले यसतर्फ ध्यान नदिँदा बढी क्षति व्यहोर्नु परेको छ ।”
आरक्ष तथा चुरे जंगलबाट निस्कने हात्ती, अर्ना, बँदेललगायतका वन्यजन्तुबाट जिल्लाको पूर्वी भेगस्थित भारदह, कञ्चनपुर, पोर्ताहा, बरमझिया, वैरवा, जोगिनिया, हनुमाननगर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, रुपनगर ठेलिया, जगतपुर, महुली लगायत ठाउँका जनता पीडित हुँदै आएका छन् । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »