एक वर्षमा ६१ हजार बढीको आ“खाको शल्यक्रिया

प्रकाशित समय 6:37:00 PM
रामबाबु यादब
सिरहा, २८ माघ  । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले सन २०१७ मा एक वर्षको अवधिमै ६१ हजार ४१५ आँखा रोगीको शल्यक्रिया गरेको छ ।
सगरमाथा चौधरी आँखा अस्पतालको ३५ औं वार्षिकोत्सव समारोहमा अस्पतालले सन २०१७ मा शल्यक्रियातर्फ पु¥याएको यो सेवा अहिलेसम्मकै सर्वाधिक भएको जनाएको छ । अस्पतालले सो अवधिमा तीन लाख ६२ हजार २७५ जना आँखा रोगीको उपचार गरेको छ ।
यस्तै, स्थापनाको ३५ औं वर्षसम्म अस्पतालले ४९ लाख ८४ हजार ४१६ आँखा रोगीको जाँच गरेको छ भने १० लाख ६१ हजार ७१२ आँखा रोगीको शल्यक्रिया गरेको छ । अस्पतालले वालवालिकासहित विभिन्न उमेर समुहको आँखामा लागेको मोतिविन्दु तथा आँखाको पर्दामा लागेको रोगको शल्यक्रिया गर्दै आएको छ भने अस्पतालभित्रै कृत्रिम आँखाको निर्माण, आँखाको नानी प्रत्यारोपण र आँखाको विभिन्न रोगसम्बन्धि उपचार गर्दै आइरहेको छ । आँखामा लागेको मोतिविन्दुको शल्यक्रिया गर्न अस्पतालका सँस्थापक कार्यक्रम निर्देशक डा. एल्ब्रेच्ट हेनि·ले फिस हुक प्रविधिको विकास गरेको थियो ।
आँखाको उपचार तथा शल्यक्रियाको सँख्याको आधारमा सगरमाथा चौधरी आँखा अस्पताललाई एसियाकै दोश्रो ठूलो आँखा अस्पतालको रुपमा लिइने गरेको अस्पतालले जनाएको छ । आँखाको उपचारलाई अझ विस्तारित बनाउन यो अस्पतालले राजबिराज, सिरहा, मल·वा, दिक्तेल, गाइघाट, मिर्चैया, कटारी, हलेसी, जलेश्वर तथा बर्दिबास गरी १० स्थानमा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । अस्पतालको ३५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रदेश नम्बर २ का जेष्ठ सदस्य तथा वर्तमान सभामुख लगनलाल चौधरीले अस्पतालले पु¥याएको सेवाले पुर्वी तथा मध्य तराईका लाखौं जनताले अन्धकारबाट जोगिन सफल भएकोले यसका लागि अस्पताल का सँस्थापक डा. हेनि· र अस्पतालका जग्गादाता हरुको योगदान अतुलनीय रहेको बताए ।
लहान नगरपालिकाका नगर प्रमुख मुनि साहले लहानलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सगरमाथा चौधरी आँखा अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आँखा अस्पतालकै कारण लहान विश्वसामु चिनिन थालेको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्रलाल चौधरीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »