प्रदेश २ का मुख्य न्यायाधिवक्ता झालाई सर्वोच्चबाट क्लिनचिट

प्रकाशित समय 8:08:00 PM
काठमाडौं, १० फागुन । प्रदेश २ मा नियुक्त भएका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई सर्वोच्च अदालतले क्लिनचिट दिएको छ ।
मुख्य न्यायाधिवक्ता झाको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताद्वय मधु पाठक र डिल्लीप्रसाद न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिट निवेदनमा प्रधानन्यायाधिश गोपाल पराजुलीको वेन्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मुख्य न्यायाधिवक्ता झाले समाजिक सञ्जालमा भनेका छन, ‘भ्रमहरु चिरिएका छन् र मैले नैतिक विजय पाएको छु ।
‘विश्वास दिलाउन चाहन्छु कि प्रदेश २ को संघियता कार्यान्वयन र स्वायत्तताका लागि कानून निर्माणको मिसनलाई सफल बनाउन कुनै कसर बाँकी राख्ने छैन । काम गर्ने क्रममा आउने यस्ता बाधा र अवरोधहरुबाट हामी डराउँदैनौ । यस्ता चुनौतीका वावजुद मलाई प्रदेश नं. २ को मुख्य न्यायाधिवक्तामा नियुक्तिका लागि दृढता देखाएकोमा आदरणीय नेता उपेन्द्र यादव तथा माननीय मुख्यमन्त्री लालबाबु राउतलाई सहृदयबाट धन्यबाद दिन चाहन्छु । भनेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »