सिरहा, १६ फागुन । शुद्ध पिउने पानी प्रशोधन गरी विभिन्न नामका बोतल तथा जार बजारमा सर्वत शुद्ध पिउने पानीको नाममा अशुद्ध पानी बेचेर मानिसको स्वास्थ संग खेलवाड गरिरहेका छन ।
सिरहा चन्द्रलालपुर १ सिरहामा रहेको आनन्द जल शुद्ध पानीको नाममा अशुद्ध पानी बेचने काम गरिरहेका छन । चन्द्रलापुरमा आ.व. २०७१।२०७२ देखी नेपाल सरकारबाट पानी प्रशोधन गरी शुद्ध पिउने पानी बेच्ने ईजाजत नम्वर ५७९९ लिई हाल सम्म पानी बेच्दै आएको छन् ।
तर आनन्द जल शुद्धको नाममा अशुद्ध जल बेच्दै आएको खुलासा भएको छ । मिर्चैया स्थित रहेका राहुल होटल एण्ड गेस्ट हाउसमा उक्त जलको दुई बोतलमा बयर फेला परेको छ । यस विषयमा नेपाल प्रहरी घुमयो बुझन खोज्दा कसरी गएको हो यो कुरा मिडियामा नल्याउन विभिन्न किसिमका प्रलोभन समेत दिईएका थिए ।
यसरी शुद्धको नाममा अशद्ध पानी वेच्ने लाईसेन्स लिएकाका छन जल उत्पादन कम्पनी तथा डिस्टिबुटरहरु मान्छेको जिवन संग खेलवाड गरिरहेका छन साथै यसको अनुगमन गर्ने निकाय फितलो रहेको स्थानिय रोशन यादबले बताए ।
