दस वर्षपछि गाउ“ पुगे उदितनारायण

प्रकाशित समय 8:03:00 PM
सप्तरी, १६ फागुन । प्रसिद्ध गायक उदितनारायण झा १० वर्षपछि आफ्नो गाउँ सप्तरीको भारदह आएका छन् । जेठी श्रीमती रन्जना झासितको विवादपछि गाउँका बासिन्दा पनि उदितको विपक्षमा उभिएका कारण उनी घर फर्कन पाएका थिएनन् । 
सन् १९८८ मा फिल्म कयामत से कयामत तकको ‘पाप कहते है वडा नाम करेगा बोलको गीतबाट प्रसिद्धी पाएका उदितले ३० भाषाका १५ हजार गीतमा आफ्नो स्वर दिएका छन् । पछिल्लो समय जेठी श्रीमती रन्जनासित सम्बन्ध सुधार भएपछि घरायसी कार्यका लागि उदित २ दिनअघि घर भारदह आएका हुन् । उनी बुधबार ससुराली (जेठी श्रीमतीको माइती) बिहारको सुपौल जिल्लास्थित अरर्हा निर्मली गएका छन् ।
एक हप्ता सप्तरी भारदहस्थित घरमै बस्ने उनी यसवर्षको होली गाउँमा आफन्तसँगै मनाउने बताए । घरायसी कार्यमा अति ब्यस्त र बिरामी भएको कारण देखाउँदै सञ्चारकमीसित कुरा गर्न नमानेका उदितलाई भेट्न उनको घरमा गाउँका मानिस र प्रशंसकहरुको भीड छ । उनले भेट्न आउनेलाई मिठाई खुवाउँदै उपहारसहित होलीको शुभकामना दिने गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »