नक्कली नोट र हतियारसहित दुई पक्राउ

प्रकाशित समय 8:10:00 PM
कमलेश यादब
सिरहा, २९ माघ । भारतीय र नेपाली नक्कली रुपैयाँको कारोबार गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नोटसहित पक्राउ गरी सार्वजानिक गरेका छन् । प्रहरीले बरामद गरिएको नक्कली रुपैयाँमा एउटै नम्बरको एक भन्दा बढी भेटिएको छ ।
विष्णपुर गाउँपालिका २ का ३२ वर्षीय रोशन यादवलाई १५ वटा हजार दरको नेपाली नोट र ३ वटा २ हजारको भारतीय नोटसहित नरहा गाउँपालिका ३ चोहर्वा बजारबाट पक्राउ गरेको डिएसपी गजुसिद्धि बज्रचार्यले जानकारी गराए ।
‘पक्राउ परेका रोशन नक्कली नोटका कारोबारी रहेको अनुसन्धानको क्रममा देखिएको डिएसपी बज्रचार्यले भने, ‘नोटको छपाई हेर्दा प्रिन्टर भन्दा मेसिनमा छापेको जस्तो देखिन्छ । नक्कली नोटको कारोबारमा अझै केही व्यक्तिको संग्लनता देखिएकोले उनीहरु खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवले भने आफूले पर्स सहितको नोट भेटाएको जनाएको प्रहरीले जनाए । यादवले चोहर्वा चौकमा फलफूल पसलमा गएर श्याउ किन्न लाग्दा उनले नक्कली नोट दिएपछि स्थानीयले उनलाई हप्की दप्की गरेपछि भागेका थिए । त्यही वेला प्रहरीले जानकारी पाएपछि उनलाई प्रहरीले लखेटेर समाएको जनाएको छ ।
उनलाई नक्कली नोट अवचलनसम्वन्धि मुद्दा चालाउने तयारी भईरहेको जनाए । यस्तै, कल्याणपुर नगरपालिका ३ बस्ने काशिन्द्र यादवलाई वडा नम्बर ११ बाट एक थान कटुवा पेस्तोलसहित मिर्चैया प्रहरीले पक्राउ गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »