सिरहा अस्पतलामा चरम लापरवाही

प्रकाशित समय 7:30:00 PM
शम्भु यादव
सिरहा, १२ फागुन । जिल्ला अस्पताल प्रवेश गर्नेबित्तिकै छेउमा पश्चिमतर्फ दुई वटा सूचनापाटी झुन्ड्याइएको छ । एउटामा निःशुल्क औषधि र अर्कोमा नागरिक बडापत्रको विवरण । तर, यी दुई सूचनापाटीमा लेखिएका सेवा र सुविधा नै सर्वसाधारणको पहुँचमा छैन ।
सिरहा नगरपालिका–७ का सात वर्षीय बालक राहुल पासवानको टाउकोमा चोट लाग्यो । अभिभावकले सदरमुकामस्थित जिल्ला अस्पताल पु¥याए अस्पतालले निःशुल्क टाँका लगाइदियो । एक्सरेलगायत चेकजाँचका लागि भन्दै अस्पतालले पाँच सय रुपैयाँ लियो । तर, अस्पतालले औषधि नभएको भन्दै बाहिर पसलमा किन्न पुर्जा थमाइदियो । राहुलका अभिभावकले निजी औषधि पसलबाट १५ सयको औषधि किन्नुप¥यो ।
क्षयरोगको बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था गरेको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा सेवन गर्नुपर्ने त्यस्तो औषधि पनि जिल्ला अस्पतालमा पाइन छाडिएको सिरहा नगरपालिका २० सागरपुरकी कुल्थुम खातुनले बताइन् । ‘पहिला औषधि अस्पतालले दियो, उनले भनिन, ‘औषधि लिन आउँदा अस्पतालले आजभोलि गरेर टार्दा औषधिको ‘डोज पनि टुट्छ कि भन्ने डर भइसक्यो ।
अर्नामा गाउँपालिका ३ का आलोक कुमार सिंह र सोही वडाकी विमला महरा सामान्य उपचारका लागि अस्पताल पुगे । दुवैलाई चिकित्सकले अस्पताल मा भएको साधारण एक्सरे मेसिनले नहुने भन्दै डिजिटल एक्सेरेका गराउन निजी ल्याबमा पठाइदिए ।
चिकित्सकले अस्पतालमा भएको एक्सरे मेसिनले नहुने भन्दै बिरामीलाई निजी ल्याबमा पठाउने गरेका छन् ।
बाहिर ल्याबमा महँगो रकम तिरेर एक्सरे गराएकी विमला भन्छिन, ‘अस्पतालमा एक्सरे सुविधा हुँदाहुँदै बाहिर कमिसनका लागि चिकित्सकले पठाउँदा रहेछन । उनले दुखेसो पोख्दै भनिन, ‘सरकारी अस्पताल मा निःशुल्कमै औषधि, उपचार पाइन्छ भनेर सुनेको थिएँ, तर होइन रहेछ ।
अस्पतालमा हुने झन्झटिलो अवस्था देखाएर बिरामीलाई अस्पतालबाहिर रेफर गर्दा सरकारी अस्तालमाथि विश्वसनीय ता घ्दै गएको स्थानीय विवेक यादवले सुनाए । कतिपय बिरामी जिल्ला अस्पतालको नाम सुन्नेबितिकै संशय व्यक्त गर्दै अन्यत्र गई उपचार गराउने गरेका उनले बताए ।
राम्रो उपचार विधि, उपकरण र डाक्टरहरूको खासै सक्रियता नहुँदा यस्तो समस्या आएको यादव बताउँछन् ।
जिल्ला अस्पताल स्रोत भने रुघाखोकी, कुटपिटका समान्य घाइते र केही मात्रामा झाडा पाखालाका बिरामी मात्र आउने गरेको बताउँछ । अस्पतालले भने गत साउनदेखि पुसम्म चार हजार एक सय २१ मध्ये ७३ जना अन्यत्र रेफर भएको बताएको छ ।
दरबन्दीअनुसार कर्मचारी नहुँदा जिल्ला अस्पताल अपूरो बनेको छ । अस्पतालले करारमा कर्मचारी भर्ना गरेर काम चलाएको छ । अस्पतालका कर्मचरी सेवा भावभन्दा कमाइतिर लाग्ने गरेका अस्पताल विकास समितिका एक सदस्यले बताए ।
बाहिरका औषधि बिक्रेता र ल्याबसँग अस्पतालका कर्मचारीको चलखेल बढेकाले बिरामीको स्वास्थ्यसँग खेलवाड भएको ती सदस्यले बताए ।
एउटै औषधिको फरक–फरक नाम हुन्छ । चिकित्सकले अस्पतालमा पाइने औषधि छाडेर बाहिरको नाम लेख्ने गरेकोले बिरामीलाई अप्ठ्यारो भएको पनि उनले बताए ।
तर, जनशक्ति र औषधि अभावका कारण बिरामीको उपचारमा समस्या हुने गरेको अस्पताल प्रमुख डा. चुम्मनलाल दासले बताए । स्वास्थ्य संस्थामा औषधि आपूर्ति गर्ने अधिकार स्थानीय तहले पाएको र उसले उपलब्ध नगरिदिँदा समस्या आएको बताए ।
जनस्वास्थ्य कार्यालयसँग भएको बजेटबाट औषधि किनेर काम चलाए पनि अहिले औषधि अभाव हुन थालेको प्रमुख दासले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »