प्रदेश नम्बर २ मा मर्यादापालको पोशाक सफारी सुट र सारी चोलो

प्रकाशित समय 8:17:00 PM
शैलेन्द्र महतो
धनुषा, २९ माघ । प्रदेश नम्बर २ का मर्यायादा पालकको पोशाक तय गरिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुरुष मार्यादापालकको लागि सफारी सुट र महिला मर्यादापालकको लागि सारी चोलो पोशाक तय गरेको हो ।
मर्यादापालक पुरुषको लागि क्रिम कलरको सफारीसुट र महिलाका लागि सोही कलरको साडी र ब्लाउज तय भएको संसद सचिवालयका सहसचिव वंशीराज पौडेलले जानकारी दिए ।
मर्यादापालकले कस्तो पोशाक लगाउने टुंगो नहुँदा प्रदेश नम्बर २ को पहिलो बैठकमा मर्यादापालकले आ–आफ्नै किसिमका पोशाक लगाएका थिए । आइतबार बसेको बैठकमा भने पुरुष मर्यादापालक दौरा सुरुवाल र महिला मर्यादापलक सारी ब्लाउजमाथि कोट लगाएर उपस्थित भएका थिए ।
आइतबार बसेको प्रदेश नम्बर २ को बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । यस्तै १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गर्ने र प्रदेश सांसदको चैत ६ गते भित्र सम्पत्ति बिवरण बुझाउने निर्णय भएको संसद सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »