मिर्चैयाको बिडी कलेजमा अनिश्चितकालिन तालाबन्दी

प्रकाशित समय 9:07:00 PM
राम नारायण पंडित
सिरहा, २४ माघ । ब्रम्हचारी दामोदरानन्द जनता कलेज मिर्चैयाका विद्यार्थीहरुले नियमित रुपमा पठनपाठनको माँग गर्दै (बुधबार) देखि कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । कलेज प्रमुख संजय कुमार साहले मंगलबार कलेजमा आएर बुधबार आबश्यक छलफल गरि नियमित रुपमा कक्षा संचालन गर्ने बताएपनि नआए पछि आकोशित बिद्यार्थीहरु ले कलेजमा अनिश्चितकालिन तालाबन्दी गर्नुका साथै तोडफोड गरेका छन् । कलेज प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेको एक प्रत्यक्षदर्शि ले बताए ।
पठनपाठन लामो समयदेखि नियमित रुपमा संचालन नभएको भन्दै पटक–पटक कलेज प्रशासनलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएकोले बाध्य भएर आफूहरु तालाबन्दी गर्न पुगेको बिद्यार्थी अरबिन्द सहनीले बताए । कलेजका प्रमुख साहले एकलौटी रुपमा कलेज संचालन गरी बिद्यार्थीको भबिष्यमाथी खेलबाड गरिरहकोले तालाबन्दी गर्नु परेको अर्का बिद्यार्थी रबिन साहले आरोप रहेको छ ।
आफुहरुले लामो समयदेखि कलेजको शैक्षिक, आर्थिक, ब्यबस्थापकीय सुधारको माँग गरेपनि कलेज प्रशासनले ध्यान नदिदा बाध्य भएर तालाबन्दी गर्नु परेको कलेजमा अध्ययरत बिद्यार्थीहरुको भनाई रहेका छन् । बिषयगत शिक्षक बिना नै आफुहरुलाई अध्ययन गर्न बाध्य बनाएको उनीहरुको आरोप रहेका छन् । विद्यार्थी लक्ष्मेश्वर कापरले आक्रोस पोख्दै भने, ‘कलेजले माँग पुरा नगरेसम्म तालाबन्दी जारी रहन्छ, योपटक सम्झौता गर्ने कुनै ठाउँ छैन ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले बिद्यार्थीहरु को समस्या जायज रहेकोले आबश्यक समन्वय गरि निकास दिने बताए । कलेज प्रशासनले अटेरी गरे सम्बन्धित निकायसंग छलफल गरि समस्या समाधान गर्ने समेत नगर प्रमुख यादबले स्पष्ट गरे ।
कलेजले आफुखुसी बिना बिज्ञापन शिक्षक भर्ना, त्रिबि नियम बिपरित मनोमानी ढंगले शुल्क बृद्धि र बिषयगत शिक्षक नराखेको जस्ता काम गर्ने गरेको बिद्यार्थीहरुको आरोप रहेका छन् ।
प्रमुख साहको लापरवाहीका कारण कलेजको अबस्था दिनानुदिनै खस्किदै गएको भन्दै बिद्यार्थीहरुले यसअघि पनि तालाबन्दी गरेका थिए ।
यता, कलेज प्रमुख साहले भने आफू विरामी भएकोले बाहिर रहेको बताए । उनले केही व्यक्तिहरुको उस्काहटमा केही विद्यार्थीले कलेजमा उर्छिङ्खल गतिविधि गरेको आफूले सुनेको बताए । उनले यतिका दिनसम्म कलेको सवैथोक ठिकै थियो अहिले आयका व्यक्तिगत रिसिविका कारण ती व्यक्तिहरुले विद्यार्थीलाई प्रयोग गरेको कलेज प्रमुखले आरोप लगाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »