वस्तुलाई गोठमा पराल हाल्न गएकी बालिका बलात्कृत

प्रकाशित समय 6:21:00 PM
अन्नपूर्ण गौतम
गोलबजार, २७ माघ । बस्तुई गोठमा पराल हाल्न गएकी सिरहा नगरपालिका ३ की ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । गाउँमै मिलापत्र गरी घटना गुपचुप गर्न लागेपनि बालिकाको रक्तश्राव नरोकिंदा घटना दुईदिनपछि सार्वजनिक भएको हो ।
विहिवार वेलुका घर नजिकै रहेको गोठमा गाईवस्तुउलाई पराल हाल्न गएकी बालिकालाई मदिराले लठ्ठीएका गाउँकै २४ वर्षीय सुरेश ठाकुरले मुख थुनेर बलात्कार गरेको जनाएको छ । बलात्कारपछि अत्यधिक रक्तश्राव पछि उनलाई उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो । सिरहा अस्पतालमा उपचार सभ्भव नभएपछि लहानको एक निजी अस्पतालमा उपचार भईरहेको जनाएको छ । बालिकाको उपचार भईरहेको भएपनि अवस्था अझै गम्भिर रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा का प्रमुख प्रहरी एसपी शेखर कोइरालाका अनुसार बलात्कारमा संंलग्न ठाकुर फरार रहेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।
एसपी कोइरालाले पीडित परिवार बालिकाको उपचारमा लागेकाले ढिलोगरीमात्र किटानी जाहेरी परेकाले अव चाँडौ फरार ठाकुर विरुद्ध मुद्दा दर्ता प्रकृया सुरु गरिएको वताए ।
घटनाको सूचना पाए लगत्तै ठाकुरलाई पक्राउ गर्न प्रहरी टोली गाउँपुगेपनि बाबु रामलखन ठाकुर र दाजु जमिन ठाकुरले आरोपीलाई भगाएको प्रहरी उपरीक्षक कोइरालाले  बताए । उनले भने ‘मुख्य आरोपी फरार गराइएपछि तत्काल अनुसन्धानका लागि मतियारको काम गर्ने बाबु र दाजुलाई नियन्त्रणमा लिएका छौं ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »