सरकारी स्वाम्विमा रहेको उद्योगहरुको पुनरसंचरना आवश्यक ः मन्त्री यादव

प्रकाशित समय 7:54:00 PM
कमलेश यादब
सिरहा, १६ फागुन  । उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले राज्यको स्वामित्व मा रहेका उद्योगहरु अझैपनि कर्मचारी र निश्चित नेताहरुको चंगुलमा रहेकाले यसलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औल्याए । 
सिरहाको मिर्चैया नगारपालीका ले  बुधबार आयोजना गरेको सम्मान तथा होलि शुभकामना आधानप्रदान कार्यक्रममा बोल्दैं मन्त्री यादवले सरकारी स्वामित्व मा रहेका उद्योगधन्दाहरु कर्मचारी र नेताहरुलाई तलव भत्ता ख्वाउने संस्थाकोरुपमा सिमित भएको भन्दै त्यसलाई नयाँ ढंगले संचालन गर्नुपर्ने बताए । 
मन्त्री यादवले अवको दिनमा सरकारी लगानीका उद्योगहरुलाई अझै विकसित गर्दै यसलाई कर्मचारी पाल्ने भन्दा पनि देश विकासमा टेवा पु¥याउने ढंगले विकास गर्न जरुरी रहेको बताए । उनले त्यसको लागि आफ्नै कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताए । 
‘आफ्नै मूलुकमा आर्थिक समृद्धिका सम्भावनाहरु हुँदाहुँदै पनि धेरै सामाग्रीहरु आयातित गर्नुपर्ने अवस्था अन्त्यको लागि यही रहेको खानीहरुको उत्खनन् गर्नु आवश्यकता छ यादवले भने, ‘मुलुकलाई समृद्ध बनाउन आफ्नै मुलुकमा रहेको फलाम, तामा खानीहरुको उत्खनन् गर्नु र कृषि उत्पादनलाई विशेष जोड दिनु पर्छ, यो सरकारको पहिलो प्राथमिकतामा छ ।
मन्त्री यादवले संविधानले नै समाजवादी आर्थिक आधार तयारपार्ने भनेकोले त्यसलाई कार्यान्वयन गराउन अव सवैको योगदानको आवश्यकता रहेको जनाए । उनलेभने, ‘मुलुक समृद्ध बनाउने हो भने सवैको उत्तिकै दायीत्व जरुरी छ, किसानले पनि अव त्यही ढंगले आफूलाई विकास गर्नु पर्छ, व्यवसयी, उद्योगी, समाजसेवी सवैले उन्नत ढंगले योगदान गरेमात्र मृलुक समृद्ध बन्छ ।
सोही क्रममा मन्त्री यादवले मधेसीहरुमाथि राज्यले अझैपनि दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दै आएको भन्दै यसको लागी संविधानको उचित कार्यान्वयन हुनु पर्ने जनाए । संविधानले मुलुकका सवैनागरिकलाई सम्मान दर्जा दिएको छ, तरपनि यहाँको पहाडिया शासकवर्गमा त्यसको ह्याङओभर नहटेको भन्दै त्यसको लागि मधेसी जनता अधिकारप्रति सचेत रहनु पर्ने बताए । 
कार्यक्रममा प्रदेश सभासद जगतप्रसाद यादव, भरत साहको उपस्थिति रहेको थियो । नगरप्रमुख श्रवण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »