आर्थिक पारदर्शिता गर्न ज्ञापन पत्र

प्रकाशित समय 5:12:00 PM
रामबाबु यादब
सिरहा, ६ फागुन । बरियारपट्टी गाउँपालिकामा देखिएको आर्थिक अनियमीततालाई तत्काल रोकेर आर्थिक पारदर्शिता अपनाउन बरियारपट्टीका स्थानीय राजनीतिक दलका अगुवाहरुले ज्ञापनपत्र दिएका छन् ।
गाउँसभाले पारित गरेका योजनाहरुमा उपभोक्ता समिति गठन नै नगरी सोझै गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले आफ्नो प्रत्यक्ष निर्देशनमा काम गराउन सुरु गरेकोले उक्त कामलाई रोक्न स्थानीय दलहरुले आइतबार ज्ञापन पत्र दिएका हुन् ।
ज्ञापनपत्रमा बहुमतको आडमा गाउँपालिकामा एकतर्फी योजना छनोट गरिए पनि उक्त योजना कार्यान्वयन गर्दा आर्थिक पारदर्शिता अपनाउन गाउँपालिकासमक्ष माग गरिएको छ । नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, नयाँ शक्ति तथा बहुजन समाजवादी पार्टी सम्मिलित संयुक्त संघर्ष समितिले बरियारपट्टी गाउँपालिकाले सुधार गर्नुपर्ने २३ बुन्दे माग प्रस्तुत गरेको छ ।
संघर्ष समितिका संयोजक रामकिशोर यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा प्रत्येक योजनाको रकम पारदर्शी गर्नुपर्ने, जाडोको लागि आएको कम्बल वितरणको खर्चलाई पारदर्शी गर्नुपर्ने, गाउँपालिकाको कार्यालयमा सूचना अधिकारी तोक्नुपर्ने, प्रभावकारी ढ·ले सूचनाको सम्प्रेषण हुनुपर्ने, उपभोक्ता समितिको निर्माण कार्य पारदर्शी गर्नुपर्ने लगायतका मागहरु छन् ।
ज्ञापनपत्र बुझ्दै बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले ज्ञापनपत्रमा उल्लेख गरिएका अधिकांश माग हरु गाउँसभामा समेटिएको र नसमेटिए का मागहरुलाई आउदो गाउँसभा ले निर्णय गर्ने जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »