भालुको आक्रमणमा आ“खा गुमाएकी लक्ष्मी भन्छिन, ज्यानै खाइदिएको भए दुःख भोग्नुपर्ने थिएन

प्रकाशित समय 6:37:00 PM
मणिलाल विश्वकर्मा
लहान, २५ माघ । दृष्टि गुमाएका व्यक्तिको दैनिकीबारे कसैलाई अवगत गराइरहनु पर्दैन । उनीहरूलाई पलपल सहाराको आवश्यकता पर्छ । यस्ता व्यक्तिको परिवारमा कोही भएनन् भने झन् कस्तो संकट पर्ला भन्ने सम्झँदै कहाली लाग्छ हामीलाई । तर, त्यही कहाली लाग्दो दैनिकी बिताउँदै छिन् सिरहाको धनगढीमाई नगरपालिका–१४ हात्तीमुढा गाउँकी ३५ वर्षीया लक्ष्मी राई ।
लक्ष्मीले २० वर्षका उमेरमा गाउँ नजिकैको जंगलमा घाँस काट्न जाँदा भालुको आक्रमणमा परेर दुवै आँखा नै गुमाएकी हुन् । आँखाको ज्योति नहुँदाको पीडा छँदैछ, परिवारमा एक्लो हुँदाको पीडा भनेर साध्य नभएको लक्ष्मी दुखेसो पोख्छिन् । उनी भन्छिन, ‘भालुले आँखा मात्र खायो, ज्यानै खाइदिएको भए यो दुःख त भोग्नुपर्ने थिएन ।
कहाली लाग्दो त्यो दिन सिरहाको उत्तरी क्षेत्रमा पर्ने हात्तीमुढा गाउँकी लक्ष्मीलाई बाबु–आमाले छिमेकी उदयपुर जिल्लाको रिस्कु बाँकेटारका कमल राईसँग विवाह गरिदिएका थिए । ०५६ मा विवाह बन्धनमा बाँधिएकी लक्ष्मीको वर्ष दिन छोरा जन्मियो । मजदुरी गरेर दाम्पत्य जीवन चाउँदै आएका थिए । तर, ०५९ मा पतिले अर्की श्रीमती हिँडेपछि लक्ष्मी छोरालाई च्यापेर माइती आइन् ।
माइतीमा बस्दै आएकी लक्ष्मी ०५९ माघ १७ गते खसी बाख्रालाई घाँस काट्न गाउँ नजिकैको मनैगैरा जंगलमा जाँदै थिइन् । उकालो चढ्दै गर्दा एक्कासी भालुले झम्टिएर दुवै आँखा झिकिदियो । भालुको आक्रमण परेकी लक्ष्मीको गाउँलेहरूको सहयोगमा अस्ताल पुगिन् । तीन महिनाको लामो उपचारले हिँड्न सक्ने त भइन् तर उनको आँखाको दृष्टि सधैंका लागि गुम्यो । यस घटनापछि उनी अढाई वर्षीय छोरा अमृतलाई धनुषामा रहेकी बहिनीलाई सुम्पेर माइती गाउँमा संघर्षमय जीवन एक्दै बिताउँदै आएकी छन् । तर, माइतीमा रहेको झुपडी पनि ढल्ने अवस्थमा पुगेको छ । ‘बाँच्नका लागि खानै पर्छ, उनी भन्छिन, ‘आँखा छैन, खोलामा पानी लिन जाँदा कैयौं पल्ट बाढीले बगाएरको छ ।
सुरक्षा भत्ता जीवनको सहारा बाबु आमा गुमाएकी र एक्ली बहिनी विवाह गरेर गएकीले लक्ष्मीको जीवन चलाउने सहारा भनको सरकारले दिने सामाजिक सुरक्षाको भत्ता मात्र रहेका छ । उनले अपांगताको सुरक्षा भत्ता लिँदै आएकी छन् । आँखा गुमाएको १२ वर्षपछि ०७३ सालमा बल्ल रातो कार्ड पाए, उनी भन्छिन,  ‘मासिक दुई हजार रुपैयाँको दरले चार महिनामा एक पटक आउने आठ हजार रुपैयाँले जसोतसो जीविका चलाउँदै आएकी छु ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »