लहानमा यामाहाको विश्वस्तरीय शोरुम खुल्यो

प्रकाशित समय 8:44:00 PM
गोलबजार, २६ माघ । सिरहाको लहानमा यामाहा कम्पनीको मोटरसाइकलको अत्याधुनिक सुविधासम्पन्न विश्वस्तरीय नयाँ शोरुम आज उद्घाटन भएको छ । लहानमा १३ वर्षदेखि सेवा दिँदै आएको एसएस अटो सेन्टरले ‘थ्रि एस सेल्स, सर्भिस र स्पेयर पार्टस् सहित आधुत्याधुनक सुभिधासहितको नयाँ शोरुमको उद्घाटन मिस नेपाल निकिता चन्दकले गरेका हुन् ।
शोरुमको उद्घाटन गर्दै मिस नेपाल चन्दकले यामाहा कम्पनीका मोरसाइकल तथा स्कूटिहरु वलियो, आकर्षक र  प्राविधिक रुपले पनि उच्च स्तरको रहेको जनाए । सोही क्रममा आफूलाई पनि यही कम्पनीको स्कूटि मन पर्ने र चड्ने गरेको पनि जनाए ।
एसएस अटो सेन्टरले विगत लामो समयदेखि यामाहा कम्पनीको मोटरसाइकल तथा स्कूटिहरु वितरण गर्दै आएको बताउँदै अहिले यहाँको माग गर्नुसार सेल्स, उच्च प्रविधि सहितको रिपेरिङ् सर्भिस तथा पार्टसहरु राखि व्यसायको स्तरोन्नती गरेको सेन्टरका संचालक संजिव साहले जानकारी दिए ।
सोही क्रममा आजै मोटर साइकल खरिदगर्नेहरुलाई मिस नेपाल निकिता चन्दकले साचो हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »