दलितस“ग बिहे गरेपछि छोराकै अपहरण

प्रकाशित समय 8:50:00 PM
सन्तोष यादव
सप्तरी, १४ फागुन । दलित किशोरीसँग बिहे गरेको भन्दै कञ्चनपुर नगरपालिका–९ का शिवनारायण साहले छोरालाई नै बेपत्ता बनाएका छन् । साहले छोरा मनीषलाई अपहरण गरी बेपत्ता पारेका हुन् ।
मनीषले स्थानीय किशोरी कविता रामसँग बिहे गरेका थिए । मनीष र कविता सुनसरीको इनरुवामा डेरा लिएर दुई महिना बसेको थाहा पाएपछि शिवनारायणले बिहे नगर्न दबाब दिन थालेका थिए । यो विषयमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा छलफलसमेत भयो । त्यहाँ पनि बुवाले बिहे नगर्न दबाब दिएपछि मनीषले अस्वीकार गरे । उनी सबैका अगाडि कविताको हात समातेर हिँडेका थिए । त्यसको दुई दिनमा उनीहरूले भारदहस्थित कंकालनी मन्दिरमा विवाह गरेका थिए ।
बिहे गरेपछि मनीषले घरमा बस्न नदिए इनरुवामै कमाएर जीवन बिताउने कसम खायो, कविताले भनिन, ‘तर, जसोतसो सँगै बसिरहेका बेला मनीषलाई बुवा र भिनाजुले मुख बाँधेर फागुन ११ गते साँझ अपहरण गरेर लग्यो । मनीषलाई बेपत्ता पारेपछि उनले चार दिनदेखि न्यायका लागि प्रहरी कार्यालय धाइरहेकी छन् ।
आइतबार इलाका प्रहरीमा भेटिएकी उनले भनिन, ‘ श्रीमानको अपहरण गरेर बेपत्ता बनाएपछि म इनरुवा प्रहरी कार्यालय गएँ । तर, त्यहाँ मेरो पीडा कसैले बुझेन । कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिन आएँ, यहाँ त जहाँ घटना भएको छ, त्यहाँ नै उजुरी हाल्न भन्यो । उताले यता र यताले उता भनेपछि थप अन्यायमा परेको उनको गुनासो छ ।
मनीषलाई मुख बाँधेर लगेको दिनदेखि उनको मोबाइल अफ रहेको उनले बताइन् । उनका अनुसार मनीषका बुवाले बोक्ने मोबाइलमा फोन गर्दा रिसिभ गरेर काट्ने गरेका छन् । भनिन, ‘मनीषले मसँग बिहे गरेर सँगै जिउने–मर्ने कसम खाएको छ ।
कवितालाई न्याय दिलाउन अधिकारकर्मीले पनि पहल थालेका छन् । अधिकारकर्मी सविता न्यौपानेले गरिबले कहिल्यै सजिलो र सहज न्याय पाउन नसक्ने गुनासो गरिन् । कविता दलित भएकै कारण उनीसँग विवाह गरेका युवकलाई बुवाले नै अपहरण गर्नु ठूलो अपराध भएको उनले बताइन् । उनका अनुसार शिव नारायणविरुद्ध अपहरण मुद्दा दर्ता गराउने तयारी छ ।
जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीका डीएसपी नारायण प्रसाद चिमोरियाले यो घटनाबारे अनभिज्ञता जनाए । पीडित युवतीले उजुरी दर्ता गराए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »