देश २ मा मन्त्रिपरिषद विस्तार, ४ मन्त्री र ३ राज्यमन्त्री थपिए

प्रकाशित समय 8:06:00 PM
जनकपुर, १६ फागुन । प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिमण्डलमा ४ मन्त्री र ३ राज्य थप्दै विस्तार गरेका हुन् ।
थपिएका मन्त्रीमा संघीय समाजवादी फोरमबाट ज्ञानेन्द्रकुमार यादव (आन्तरिक मामिला  तथा कानून) र शैलेन्द्र शाह (भुमी व्यवस्था कृषि तथा सहकारी), राजपाका तर्फबाट नवलकिशोर शाह (सामाजिक विकास) र रामनरेश राय (उद्योग पर्यटन वन तथा वातावरण) रहेका छन् ।
राज्यमन्त्रीमा भने तीन जना फोरमबाट मात्रै नियुक्त भएका छन् । मुख्यमन्त्री राउतले सरोज सिंहलाई आन्तरिक मामिला तथा कानून, योगेन्द्र यादवलाई भुमी व्यवस्था कृषि तथा सहकारी, उषादेवी यादवलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट सपथ लिए भने राज्यमन्त्रीलाई मुख्यमन्त्री राउतले सपथ ग्रहण गराएका छन् । पार्टी्भित्रको आन्तरिक विवाद हुँदा राजपाले राज्यमन्त्री पठाउन सकेन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »