हुकिङमार्फत विद्युत् चोरी गर्ने २२ जना पक्राउ

प्रकाशित समय 8:39:00 PM
गोलबजार, २६ माघ । सिरहामा हुकिङमार्फत् विद्युत् चुहावट गर्ने २२ जनाई पक्राउ परेका छन् । जिल्लको पश्चिमी क्षेत्रमा पर्ने कर्जन्हा, मरेवा, सिमरा, कल्याणपुर, रमपुरा, भेडिया, राघोपुर र बगहा गाउँमा हुकमार्फत विद्युत् चुहावट गर्ने २२ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरिएको हो ।


उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युतीय कर्मचारीहरुको टोलीले बिहीबार बिहानदेखि मध्याह्नसम्म हुकिङ नियन्त्रणको क्रममा पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण मिर्चैया शाखाका मिर्चैया शाखाका प्रमुख इञ्जिनियर शिवराम यादवले जानकारी दिए । टोलीले विद्युत् हुकिङ गरी चलाइरहेका टेलिभिजन, पंखा, राइसकुकर, मोटरलगायतका सामग्रीहरु समेत बरामद गरेको छ ।
हुकिङबाट बढ्दो चुहावट प्राधिकरणको लहान, सिरहा र मिर्चैया वितरण केन्द्रमध्ये सबैभन्दा बढी सिरहा वितरण केन्द्रबाट विद्युत चुहावट भइरहेको पाइएको छ । प्राधिकरणको माथिल्लो निकायबाट विद्युत् चुहावट नियन्त्रणका लागि कडाइ गरे पनि जिल्लामा चुहावट नियन्त्रण अभियान प्रभावकारी हुन नसकेको प्राधिकरणका कर्मचारीले बताए । यद्यपि, सिरहा वितरण केन्द्रले आफ्नो क्षेत्रमा भइरहेको ५१ प्रतिशत विद्युत् चुहावट ४२ प्रतिशतको हाराहारी मा झारेको दावी गरेको छ ।
लहान वितरण केन्द्रअन्तर्गत करिब ३८ र मिर्चैया वितरण केन्द्रमा ११ प्रतिशत विद्युत् चुहावट हुने प्रमुख यादवले सुनाए । मुलुकभर २६ प्रतिशतको हाराहारीमा विद्युत् चुहावट भइरहेको प्राधिकरणका कर्मचारीको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »