रुपा राई
सिरहा, ४ फागुन । दुई दिनपछि पैसा पठाउँछु भनेर फोन राखेको छोराले दुई वर्ष बित्दा पनि फोनसमेत नगरेपछि सिरहाका करिचन चमारको मन ठेगानमा छैन । करिचनका छोरा विशेश्वर महरा झण्डै सात वर्षअघि मलेसिया गएको थियो ।

करिचन पीडा भुलाउन गाउँ डुल्छ । छिमेकीसँग कुराकानी गर्छ । छोराले फोन आउला कि भनेर कुर्छ । मलेसिया गएको थाहा भएपनि उनीसँग छोराको बारेमा कुनै जानकारी छैन । विशेश्वरले जाल फ्याक्ट्रिमा काम गर्छु भनेर फोनमा भनेको थियो । महिनाको ४५ हजार रुपैयाँ कमाई हुन्छ पनि भनेका थिए । विशेश्वर आफ्नै मामा अजोदी मोचीमार्फत एकलाख २५ हजार रुपैयाँ बुझाएर मलेसिया गएको थियो । ‘अहिले त छोरो पठाउने म्यानपावर पनि बेपत्ता छ रे खै छोरोलाई के भयो, विशेश्वर भन्छ ।
करिचनले विशेश्वरको खोजीका लागि अजोदीमार्फत म्यानपावर पनि पुगे । तर म्यानपावर नै भेटिएन । छोराको खोजी गरिदिन उनले सुरक्षित आप्रवासन परियोजना(सामी) अन्तर्गत सूचना केन्द्र सिरहामा अनुरोध गरेको छ ।
