आर्थिक अभावमा उपचार गर्न समस्यामा

प्रकाशित समय 9:48:00 PM
लहान, २० माघ । सिरहाको धनगढीमाई नगरपालिका–१४ खोलाघारी बिहीबारेकी ११ वर्षीया बालिकाको टाउको अस्वाभाविक रूपले बढेर उपचार गराउन नसक्दा समस्यामा भएको छ ।
बालिकाको शरीरको अन्य भाग उमेर अनुसार विकसित नभएपनि टाउको भने अस्वाभाविक रूपले बढेको छ । उमेरको हिसाबले ११ वर्षीया बालिकाको टाउको मात्र ठूलो हुँदै गएकाले बस्न पनि नसक्ने हुँदा एक जनासँगै बसेर हेरचाह गर्नुपर्ने बाध्यता रहेको आमा निर्मला सिंह बताइन् । भारतमा मजदूरी गरेर गुजारा गर्दै आएका संजीव सिंह र निर्मलाकी माहिली छोरी सामान्य अवस्थामै जन्मिएकी निरुता सिंह एक महिना जतिको भएपछि १५ दिन बिरामी परेको आमा निर्मलाले बताइन् ।
बिरामीबाट तंक्रिए लगत्तैदेखि टाउको मात्र बढ्न थाल्यो, आमा निर्मलाले भनिन, ‘आर्थिक अभावमा राम्रो ठाउँमा उपचार गर्न सकिएन, अहिले ठूलो समस्या भएको छ । सिंह दम्पत्तिका १५ वर्षीया जेठी छोरी सुजिता र नौ वर्षकी कान्छी छोरी रोजिता भने सामान्य अवस्थाका रहेका छन् । हात खुट्टा चार÷ पाँच वर्षका बालबालिकाको जस्तो देखिने भए पनि ती बालिकाको टाउको भने अस्वभाविक रूपमा बढेको छ । उनी ‘आमा, आमा भन्नु बाहेक केही पनि बोल्न सक्दिनन् । बाबु संजीव मजदूरीका लागि भारतमा रहेकाले घरमा भेटिएकी आमा निर्मलाले बताइन् ।
उनले भनिन,  ‘मजदूरी गरेर ल्याएको रकमले खान पनि पुग्दैन, कसरी उपचार गर्नु ? गाउँलेहरुको सहयोगमा नगरपालिकाबाट बनाएको अशक्तको परिचयपत्र बाट मासिक रूपमा आउने दुई हजार रुपैयाँ बालिकालाई समेत नपुग्ने सिंहले दुःखेसो गरिन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »