सिरहा उद्योग वाणिज्य संघमा पोद्धार सर्वसम्मत

प्रकाशित समय 5:55:00 PM
कमलेश यादब
सिरहा, २७ माघ । सिरहा उद्योग वाणिज्य संघको तेश्रो अधिवेशनले व्यवसायी प्रमोद पोद्धारको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्व सम्मतिले चयन गरेको छ ।
अधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता विरेन्द्र सिंहका अनुसार, उक्त अधिवेशनले अध्यक्षमा प्रमोद पोद्धार, प्रथम उपाध्यक्षमा महेन्द्र प्रसाद यादव, द्घितीय उपाध्यक्षमा सरोज कुमार महासेठ, महासचिवमा रामप्रकाश महतो, सचिवमा सरोज कुमार महतो तथा कोषाध्यक्षमा मुरलिकान्त सिंह सर्वसम्मत चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा अम्बिका प्रसाद साह, शैलेन्द्र ठाकुर, शम्भु साह, सोनु महरा, बेचन साह, श्रीमती विभा ठाकुर, अमोद महासेठ, राजेश महासेठ ‘रोशनु महासेठ तथा मिथिलेश यादव चयन भएका छन् । नगर उद्योग वाणिज्य संघको रुपमा रहेको सिरहा उद्योग वाणिज्य संघको आफ्नो कार्यालय भवन नरहेकोले यस कार्यकालमा संघले सदरमुकामभित्रै आफ्नो कार्यालय भवन निर्माण गर्ने संघले जनाएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष प्रमोद पोद्धारले सिरहा नगरपालिकासँग समन्वय गरेर सिरहा सदरमुकामलाई हरित नगरको रुपमा विकास गरेर जिल्लाकै प्रमुख व्यवसायिक नगरको रुपमा विकास गर्ने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »