छोरो नजन्माएको भन्दै बोक्सी आरोपमा मलमुत्र खुवाइयो

प्रकाशित समय 8:00:00 PM
बर्दिबास, १६ फागुन । सर्लाही लालबन्दी नगरपालिका—६ की दुर्गा देवी गौतमको १५ वर्षअघि बाराको गढीमाई नगरपालिका–१६ का पुरुषोत्तम गौतमसँग विवाह भयो । दुर्गाले जेठी छोरीको रुपमा पुष्पालाई जन्म दिइन् । दुर्गाको परिवारले अर्को सन्तान छोरो होस् भनेर दुर्गाबाट अपेक्षा गरे। तर, दुर्गाको कोखबाट माइली छोरीको रुपमा पूजा जन्मिन् । तेस्रो पटक फेरि दुर्गा गर्भवती भइन् । पहिले जस्तै छोरो जन्मियोस भनेर परिवारजनले उनबाट आशा लिए । तर, फेरि तेस्रो पटक कान्छी छोरीको रुपमा उनले छोरी पुनमलाई जन्म दिइन् । दुर्गासँग तीन सन्तान छन् ।
विवाह भएको १५ वर्षमा पनि छोरो नजन्माएको भन्दै परिवारजनले दुर्गामाथि गालीबेज्जती गर्न थाले । आमाजु बरुण गौतमले त बोक्सी भएको आरोप लगाउँदै गाली गर्थिन् । केही दिन पहिले आमाजुले दुर्गालाई फकाएर झारफुक गराए छोरो हुने भन्दै अन्धविश्वासमा महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित माता (झारफुक गर्ने) अप्सरा बरालको घरमा ल्याइन् । ‘माताले मलाई झारफुक गरिन् । बोक्सी भएर छोरो नजन्मिएको बताइन् । छोरो जति पेटमै खान्छिन् । छोरी जती जनमाउँछिन, माताको भनाइ सुनाउँदै पीडित दुर्गाले भनिन, ‘माताले मलाई बोक्सी हो भनेर मेरी आमाजुसँग भनेपछि मैले धेरै दुःख पाएँ ।
म बोक्सी कसरी हुन सक्छु ?ः– ‘म बोक्सी कसरी हुन सक्छु भनेर म माताकै आगनमा रुन थालेँ, आमाजु बरुनाले बोक्सी भन्दै आफूमाथि खकारी खकारी मुखमा थुकेको भन्दै उनले भनिन,‘मान्छे कसरी बोक्सी हुन सक्छ ? ‘मैले कसरी गर्भमा छोरो खान सक्छु, मेरो चित्त दुःख्यो, उनले भनिन् । ‘तैं बोक्सी छस् भन्दै मलाई आमाजुले कालो कपाल एक मुी, एउटा मरेको माउसुली, मलमुत्र केके जाती सबै मुखमा कोच्चाइन, पीडित दुर्गाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
पीडितकी सासु सीता भन्ने खड्ग कुमारी गौतम दुर्गालाई आमाजुलाई यातना दिइरहँदा माताकै आगनमा थिइन् । त्यो घटनाको अगाडी उनी पनि केही बोलिनन् । प्रहरीले दुर्गालाई बोक्सीको आरोप लगाउने बर्दिबास नगरपालिका–३ स्थित माता अप्सरा बराल, दुर्गाकी आमाजु बरुना र सासु खड्गलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।
एक छोरीपछि छोरो जन्मिाउन मैले गर्भ बोके। छोरो जन्माउने आशमा मैलै पछि दुई छोरी जन्माए । छोरो जन्मिएन । मैले के गरु ?, पीडित दुर्गाले भनिन, ‘मलाई माताले बोक्सी हो भन्दै ठहर गरेर आमाजुली अमानवीय व्यवहार भयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »