दुलही भित्रिनै नपाई बच्चा जन्मियो

प्रकाशित समय 6:24:00 PM
गोलबजार, २७ माघ । सिरहाको सुखिपुर नगरपालिका–४ पोखरीयाँमा बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइदिएको छ ।
राजकुमार मोचीको छोरा २२ वर्षिय छोरा उमेश कुमार रामले सिरहाकै तेनुवापटी शिवनगरका बलिराम मोचीको छोरीसंग मागी विवाह गरी शुक्रबार घर भित्राउने क्रत्रममा चुवाउन (टिकोटालो) गरिरहेको बेला बेहुलीले बच्चालाई जन्माएको स्थानीय फुलगेन सिंहले जानकारी दिए ।
घर भित्र्याउनेवेला बच्चा जन्मेपछि लोकन्ति आएका बेहुलीवेहुलीका काका र भाईको जिम्मा लगाएर  माईतीघर पठाई दिएको छ, वेहुलाका आफन्तले जनाएको छ ।
रोजगारीको क्रममा भारतको दिल्ली बस्दै आएका उमेशले ३ महिना केही युवतीलाई हेरेर विवाहको कुरा टुङ्याएको जनाए । उनले भने, ‘म आफन्त सहित ३ महिना अघि केटी हेर्न उनको घर गएको थिएँ, त्यतिखेर सवैठिकै थियो, पछि कुरा टुङ्यिो र विवाह हुनेवेलासम्म कसैले खवर गरेरन हिजो दुलही भित्र्याउने वेलामा यस्तो भयो ।
‘यत्साहको साथ छोरोको विवाह छोराको विवाह गरियो, बुहारी भित्र्याउने बेलामा यस्तो घटना भयो श्यामका बुवा राजकुमारले भने, ‘आफैले हेरेर मन पराएरै विवाह गरेको हो, ऐले आएर यस्तो घटना भयो हामी मुर्खमान्छे दुविधामा परेका छौं ।
राजकुमारले भित्र्याउनै नपाई वुहारीले छोरो जन्माएपछि हामी त अलमलमै परेको बताए । उनले भने, ‘हामीले केही नभनी छोरी पुर्याउन आएका उनको काकासँगै लगाएर हिजै माइति पठाईदियौं, हिजै पठाएपनि केटीको माईतिपक्ष बाट कुनै खवर नआएको छौन ।
जन्मेको बच्चा महिना पुगेरै जन्मीएको जस्तो देखिने स्थानीयले जनाए । जन्मेको बच्चा छोरा रहेको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »