१० वुदे घोपणापत्र जारी गर्दै महिलावादी मंच सम्पन्न

प्रकाशित समय 6:30:00 PM
एलिना हिंमाङ्ख चौधरी
सिरहा, २८ माघ । प्रदेश नं. दुईका अधिकांश स्थनीय सरकारले न्याय प्रदान गर्ने न्यायिक समिति को गठन र पूर्णता अझैपनि हुन नसकेकोमा त्यसप्रति ध्यानकर्षण गराउदै न्यायिक समिति तत्काल गठन र पुर्णता गर्न र न्यायिक समितिका कार्यहरुलाई सुदृढी करण गर्न आवश्यक कार्यक्रम तथा स्रोतहरुको अविलम्व माग गर्दै,राजनैतिक आर्थिक । सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि स्थानीय तहको हरेक निर्णाएक प्रकृयामा निर्वाचित महिला जनप्रतिनिधी हरुको अनिवनर्य सहभागीता सुनिश्चित गरी संविधानतः प्राप्त अधिकारहरुको अनुभुती गर्ने वातावरण निर्माण गरियोस  लगायतका मागहरु राख्दै प्रदेश न.ं २ द्धारा  पारित डाूप्ट घाषणा पत्र जारी गर्दे महिला वादी मंच सम्पन्न भएको छ ।
संघीय लोकतान्त्रिक नेपालको मूल आधार ,महिलाको शरीर ,श्रम र पहिचानमा आप्नो अधिकार भन्ने मूल नाराका साथ यही माघ २६ देखी २८ गते सम्म लहानको मारवाडी सेवा सदनमा आयोजना भएको सो कार्यक्रमको समापन समारोहको प्रमुख अतिथीको रुपमा बोल्नुहुदै बिरगंज महा नगरपालिकाका उपप्रमुख ८५ वर्षिय शान्ता कार्कीले आफू सानै उमेरदेखि नै जुझारु म्हिला भएकाले अहिले सम्म पनि महिला अधिकारको क्षेत्रमा, महिला हिंसा विरुद्धमा आवाज उठाउदै आएकाले आफू निरन्तर रुपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथीको रुपमा वोल्नुहुदै बोक्सी आरोपमा हिंसा प्रभावित महोत्तरीकी मरनी देबी साहले आफूले बोक्सीको आरोपमा धेरै प्रताडनाहरु सहनु परेको वताए । कार्यक्रममा अतिथीकै रुपमा बोल्नुहुदै महिला मानव अधिकार रक्षकहरुको संजालका राष्टिय संयोजक तथा महिलावादी मंचका प्रमुख सहजकर्ता डा.रेणु अधिकारीले न्यायिक समितिmाई पूर्ण रुपले सहयोग गर्ने बताए ।
संघीय लोकतान्त्रिक गण्तन्त्र नेपालको स्थापनाका लागि भएको जनआन्दोलन ,मधेश आन्दोलन १० वर्षे जनयुद्ध एवम् सवै खालका महिला महिला आन्दोलनमा नेपाली महिलाहरुले गरेको संघर्ष   र वलिदानको उच्च कदर गर्दै उक्त आन्दोलनवाट प्राप्त महिलाहरुको हक अधिकार लाई संस्थागत गर्दै ,वर्तमान समयसम्म आईपुनिश्चित भएता पनि उपलव्धीपूर्ण अझ हुन नसकेको यथार्थतालार्य मध्यनजर गर्दे यो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सरसफाई अभियान्ता धिरेन्द्र साह,गैर सरकारी संस्था महासंघ सिरहा शाखाका अध्यक्ष गोविन्द विष्ट ,प्रदेश न.ं २ का महिला मानव अधिकार रक्षकहरुको संजालका आठ वटै जिल्लाका संयोजक हरु,नगरपालिकाका उपमेयर तथा वडाका उपाध्यक्षहरु ल्गायतले आ आप्ना धारणहरु राखेका थिए । कार्यक्रममा डा.विजय प्रसाद मिश्र,रन्जु ठाकुर,रीता साह ,विन्दा पाण्डे गायतले सहजीकरण गरेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »