१४% बालबालिका कुपोषित

प्रकाशित समय 7:32:00 PM
सिरहा, १२ फागुन । प्रदेश २ मा १४ प्रतिशतभन्दा बढी बालबालिका कुपोषित रहेको तथ्यांक सार्वजनिक भएको छ । यहाँका आठ जिल्लामध्ये सबैभन्दा बढी सिरहामा १५ प्रतिशत बालबालिका कुपोषित छन ।
अभिभावकमा बच्चालाई पोषक खानेकुरा ख्वाउनुपर्ने र पोषक तत्त्वबारे जानकारीसम्म नरहेको नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे २०१६ ले औंल्याएको हो । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा १४ दशमलव ४ प्रतिशत बालबालिका कडा कुपोषणको मारमा परेको सर्वेक्षणले देखाएको छ ।
पोषक तत्त्व नपुगेरै सिरहा नगरपालिका १६ माडरकी १० महिने कृति कुमारी दासमा कुपोषण देखार्पयो । गाउँमै सञ्चालित पोषण शिक्षा तथा पुनस्स्थापना केन्द्रमा पुगेपछि बल्ल यसबारे थाह पाएको अभिभावक राकेशले दासले बताए । ‘घरमा पाक्ने दाल, भात, तरकारी मात्रै ख्वाउथे, उनले भने, ‘बच्चालाई त्यतिले मात्रै पुग्दो रहेनछ, पोषणयुक्त खानेकुरा समयमा ख्वाउनुपर्ने रहेछ । ६ दिनसम्म केन्द्रको निगरानीमा बसेपछि पोषण शिक्षा र बच्चालाई चाहिने आहाराबारे जानकारी पाएको उनले सुनाए ।
गर्भवती महिलामा पोषणयुक्त खाना अभाव, कामको अत्यधिक बोझ, आराम गर्न नपाउनु र पारिवारिक बेवास्ताका कारण सिरहामा १५ प्रतिशत बालबालिका कडा खाले कुपोषणबाट पीडित छन । जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने सहरी भेगमा सन्तुलन मिलाएर खुवाउन नजान्दा समस्या छ ।
शारीरिक शक्ति, वृद्धि विकास र सुरक्षाका लागि आवश्यक पोषक तत्त्वको कमी वा बढी हुनुलाई कुपोषण भनिन्छ । बच्चाको वृद्धि विकास नहुनु, सजिलै रोगको संक्रमण हुनु, रोग निको हुन लामो समय लाग्नु, छाला तथा कपाल सुख्खा देखिनु कुपोषणकालक्षण हुन ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. चुमनलाल दासका अनुसार पाँच वर्षसम्मका बालबालिकामा गरिएको अध्ययनमा कुपोषणग्रस्तको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको र त्यसले उमेरअनुसार तौल र उचाइलाई फरक पारेको पाइएको छरु। कुपोषण समस्यालाई दृष्टिगत गरी युनिसेफ र डब्ल्यूएफपीको आर्थिक सहयोग, युके एड, रिपब्लिक फ्रान्सिस, ग्लोबल हेल्थ एलायन्स नेपाल, नेपाल पब्लिक हेल्थ फाउन्डेसन तथा अस्ट्रेलियन एडको समन्वय र स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लामा कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याइएको स्वास्थ्य प्रमुख दासले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत कुपोषणको सिकार भएकाहरू बढी मात्रामा गत साउन र भदौमा आएको बाढीको चपेटामा परेका गाउँमा पाइएकाले ती स्थानमा पोषणयुक्त पिठो बाँडिएको छ । कुपोषणबाट बच्न कार्बाेहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र खनिज पदार्थ पाइने खानेकुरा अन्न, माछा, मासु, अन्डा, दूध, गेडागुडीको रस, हरियो तरकारी, सागपात र फलफूल आवश्यक रहेको चिकित्सकको भनाइ छ । दुई वर्षभित्र पाँच वर्षमुनिका बालबालिकामा देखिने कुपोषण ५ प्रतिशतमा झार्नुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशिका थियो । केन्द्रीय तथ्यांक विभागका अनुसार कुपोषण दर बढेर १४ प्रतिशत पुगेको छ । नेपालमा पाँच वर्षमुनिका बालबालिका को जनसंख्या ३२ लाख २९ हजार १ सय २१ रहेकामा शीघ्र कुपोषणले ग्रस्त हुनेको संख्या ४ लाख ३० हजार हाराहारी छरु। करिब ९१ हजार बालबालिका कडा कुपोषणकोसिकार छन ।
बालरोग विशेषज्ञका अनुसार पोषणको स्थिति थाहा पाउन जन्मेदेखि ५ वर्षसम्म प्रत्येक महिना बालबालिकाको तौल लिनुपर्छ । दुई भाग अन्न र एक भाग गेडागुडी छुट्टाछुट्टै भुट्ने र त्यसलाई एकै ठाउँ मिसाई लिटो बनाएर बच्चालाई खुवाउनुपर्छ ।
यसले बच्चालाई चाहिने शारीरिक तथा मानसिक वृद्धि विकास र शक्तिको मात्रा पुग्छ, कुपोषणबाट पनि सजिलै बचाउन सकिन्छ । ६ महिनादेखि ५ वर्षसम्मका बच्चालाई हरेक ६–६ महिनामा भिटामिन ‘ए क्याप्सुल र जुकाको औषधि खुवाउने र एकवर्षको उमेरभित्रै पूरा मात्रामासबै खोप लगाउनु पनि त्यतिकै महत्त्वपूर्ण छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »