प्रहरीले नियत सुधार्न आवश्यक ः प्रहरी महानिरिक्षक अर्याल

प्रकाशित समय 9:00:00 PM
रामबाबु यादब
सिरहा, २८ फागुन । प्रहरी महानिरिक्षक प्रकाश अर्यालले प्रहरीको नियतमाथि सधैं प्रश्न उठिरहने हुँदा प्रहरी कर्मचारीले आ–आफ्नो नियत सुधार गरेर जनताप्रति निष्पक्ष सेवा प्रदान नगरे यसमा कुनै किसीमको मोल मोलाहिज नहुने बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाको नवनिर्वाचित भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक अर्यालले अपराध अनुसन्धान, शान्ति सुरक्षा, जनताप्रतिको निष्पक्ष सेवाभाव र सेवाग्राही प्रतिको सभ्य व्यवहारलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने निर्देशन दिए ।
स·ठनभित्र आफूभन्दा माथिको हाकिम र नेतालाई खुशी पारे जे पनि गर्न सकिन्छ भन्ने कुरा अबको बदलिदो परिवेशमा सबैले त्याग्न आवश्यक छ, उनले भने, सीमित केही व्यक्तिको स्वार्थपूर्तिभन्दा पनि आम जनमानसको लागि काम गरेर प्रहरीले आफूलाई कल्याणकारी प्रवृतिको रुपमा उभ्याउन आवश्यक छ ।
प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले पहिले प्रहरी निकाय थ्री पि अर्थात पब्लिक (जनता), पुलिस (प्रहरी) तथा पार्टिसिपेशन (सहभागिता) को अवधारणामा चलेको भए पनि अहिले थप थ्री पि अर्थात पोलिटिसिएशन (राजनीतिकर्मी), प्रेस (सञ्चारकर्मी) र प्रोसिक्युटर (कानून व्यवसायी) थपिएको बताए ।
यी कुनै पनि अ· बिना प्रहरी निकायको काम अगाडि बढ्न सक्दैन, प्रहरी अतिरिक्त महानिरीक्षक कायस्थले भने, त्यसैले प्रत्येक प्रहरी इकाईका अगुवाहरुले यी छ वटै सरोकारवाला निकायलाई साथ लिएर हिड्नुपर्छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक शेखर कोइरालाका अनुसार, डिएफआइडीको सहयोगमा नौ करोड ६० लाख १७ हजार १९९ रुपियाँ सतहत्तर पैसामा निर्मित उक्त भवन उपत्यका बाहिर रहेकाहरुमध्ये सबैभन्दा भव्य र आधुनिक भवन रहेको दावी गरिएको छ । 
आठ रेक्टर क्षमताको भुकम्पको धक्कालाई प्रतिरोध गर्न सक्ने गरी निर्माण भएको उक्त भवनमा शारीरिक रुपमा अशक्त तथा मानवअधिकारमैत्री, पुरुष तथा महिला हिरासत कक्ष, वालवालिकाहरुलाई राख्नुपरेको अवस्थामा विशेष कक्षको व्यवस्थाको साथै कार्यालयको प्रशासनिक भवन, आवास भवन र छुट्टाछुट्टै भान्सा घर छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »