हट्दैछ जातीय छुवाछुत, सम्बन्धमा छैन जातीय छेकबार

प्रकाशित समय 2:17:00 AM
मिथिलेश यादव
सिरहा, २१ फागुन । सिरहा ब्रहम्पुरीकी देवकी ठाकुर (७५) सँग सामाजिक छुवाछुतको सुन्दर र कुरुप दुबै अनुभूती छ । एक दशक अगाडि घरमा डाला (बाँसबाट बनेको सामग्री) बेच्न आएकि मधु मलिकको (डोम) छाँया टेक्दा छोइएको शरिर गंगाजलले पखाल्नु परेको असहज अनुभूती र अहिले उनै मधुको शरिर छोएर गफिँदाको सहज अनुभूती सँगालेकी छिन देवकीले  ।
मधु र देबकीको घर दुरीको हिसावले टाढा भएपनि सम्बन्ध भने गाढा छ  । अक्षरसँग साक्षात्कार नभएकि देबकी भन्छिन, ‘मधुको रगतको रंग फरक छैन भने उनीसँग गर्ने ब्यवहारमा किन विभेद गर्नु । मधुले बनाएको ढाला, चंगेरामा प्रसाद राखेर देउतालाई चढाउँदा नछुइने तर उनको शरिर छुँदा छोईने । देवकीको बुझाईमा संसारमा दुई जात मात्र छन, महिला र परुष । उनले थपिन, ‘यो कुरा कसैले छिटो बुझ्छ, कसैले ढिलो ।
पहिला डोमको छाँयासँग पनि छुवाछुत मान्ने समाजको सोच परिवर्तण हुँदै गएको छ । समयसँगै डोमजातीको पनि रहनसहन, जीवनशैली फेरिँदै गएको छ । पहिला हाम्रो छाँया पनि नटेक्नेहरु अहिले हामीसँग समाजका अन्य जातीजस्तै टाँसिएर गफ गर्छन, मधुले भनिन् । पहिला बाँसका सामान बेच्न जाँदा उप्पलो जातका मान्छेको आँगनमा समेत प्रवेश बर्जित थियो । अहिले घरभित्रैसम्म प्रवेश गर्न सहज भएको मधुको भनाई छ । ‘सदियौँदेखिको प्रथा तुरुन्तै बदलिँदैन उनी भन्छिन, ‘परम्परा र प्रथा बदलिन समय त लागिहाल्छ । ‘सबै जाती बस्ने समाजमा हामीले पनि आफ्नो जिवनशैली  समाज अनुकुल ढाल्न सक्नुपर्छ उनले भनिन,‘सरसफाईमा सजग बन्ने हो भने समुदायमा घुलमिल भएर बस्न अप्ठ्यारो छैन ।
सिरहा खरुकियाहिकी प्रतिमा मलिक(डोम) को घरमा अन्य जातीका महिलाहरु झुम्मिन्छन् । उनीसँगै बसेर दुःख सुख गफिन्छन् । प्रतिमाले भनिन, ‘गाउँका प्राय सबै महिलाहरु घरमा आएर मसँग टासिँएरै गफ गर्छन् । न मलाई डोम भएको महसुस हुन्छ न अन्य जातीका महिलालाई मैले डोमसँग कुरा गरिरहेको छु भन्ने अनुभूती हुन्छ, उनले भनिन् ।
माटोको भित्ता र फुसको छानोले छाएको प्रतिमा घर लिपपोत गरेर चिटिक देखिन्छ । उनको घर टासिएरै अर्को जातीको घरहरु लहरै छ । समाजमासंगै बस्ने माहोलको पछाडी सरसफाईलाई कारण मान्छिन् प्रमिला । घरको सफाई र आफ्नो जिवनशैलीमा ल्याएको परिवर्तणले सबै जात जातिका मान्छेसँगै मिलेर बस्ने वातावरण बनेको उनी बताउँछिन् ।
बस्ने घर भन्दा टाढा सँुगुर पाल्ने, घरआँगन र शरिर सफा राख्नेजस्ता जीवनशैली अपनाएपछि समाजका सबैले हामीसँग सहज व्यवहार गर्न थालेको खरुकियाहीकी सरिता कुमारी मलिकले भनिन् । हामीसँग होईनकी ‘फोहोर सँग समाजले छुवाछुत मानेको रहेछ उनले भनिन,‘पहिला छुवाछुत मान्ने अहिले जिउ छोएर कुरा गर्छन् । व्यतmीसँग छुवाछुत गरेको भए अहिलेपनि हाम्रो जिउसँग छुवाछुत मानिएको हुन्थ्यो, उनले भनिन् ।
जनता आधारभूत विद्यालय सिसवा खरुकियाहीका प्रधानाध्यापक गौरीनारायण यादवका अनुसार समाजमा जात जातीको आधारमा विभेद वा छुवाछुत छैन् । यहाँ डोम समुदायले पनि आफ्नो जीवनशैली बदलेको छ, समाजले पनि आफ्नो मान्यतालाई फेरेको छ उनले भने, ‘यो समाज जातीय अन्तरघुलनको अनुपम नमुना हो ।
विद्यालयमा डोम र यादवलगायत अन्य थुप्रै जातीका वालवालिका एउटै डेस्कबेन्चमा बसेर पढ्छन् । खाजा पनि एकै लहरमा बसेर खान्छन् । अझ रोचक खाजा कार्यक्रमको सदस्यमा समेत यहाँ डोम जातीको सहभागिता छ । प्रमिला मलिक पनि कार्यक्रमकी सदस्य हुन् ।
विद्यालयमा कक्षा २ मा अध्यनरत्त किरण मलिक अन्य जातीका वालवालिकासँगै एउटै बेन्चमा बसेर पढ्छिन् । आफूसँग टाँसिएरै अरु जातीका वालवालिकाहरु पनि बेन्चमा बस्ने गरेको उनले भनिन् ।
सप्तरी शम्भुनाथ माईती भएकी प्रमिलालाई विवाह भएको उमेर थहा छैन् । आफू बच्चै छँदा विवाह भएकोले स्मरण नभएको उनले बताइन् । सानोमा बासका सामाग्री बेच्न जाँदा उपल्ला जातका मान्छेको आगनमा आफुहरुको छायासम्म पर्न नहुने समय रहेको उनीसँग तितो अनुभव छ । 
पहिला जिविको पार्जनका लागि सुँगुर पाल्ने र बाँसका सामग्री बेच्ने मात्र थियो । पछिल्लो समय आफ्नो समुदायका मान्छेहरु पनि बैदेशिक रोजगारका लागि जान थालेपछि जीवन गजाराको विकल्प बैदेशिक रोजगार बन्न पुगेको उनले बताइन् । प्रमिलाका पत्ती दिनेश रोजगारका लागि कत्तारमा छन् । देवर उमेश भारतमा छन् । उनी गाउँमा सामाजिक अभियानहरुमा सहभागी हुन्छिन् । नागरिक वडा मञ्चमा पनि उनी सदस्य रहिसकेकी बताउँछिन् ।
डोम (मलिक) दलित जातिमा पर्छ र यो अन्त्यन्तै पिछडिएको समुदाय हो। सर्लाही, धनुषा, सप्तरी, सिरहा, सुनसरी, मोरङ, महोत्तरी, सर्लाही, वारा, पर्षा, रौतहट, लगायतका जिल्लामा यो समुदायको बाक्लो बसोबास छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »