लागुऔषध दुव्र्यशनी नियन्त्रण गर्न गाउमा प्रहरी प्रशिक्षण

प्रकाशित समय 8:00:00 PM
कमलेश यादब
लहान, १० चैत्र । के तपाई लागुऔषध दुव्र्यशन तथा ओसार पोसारमा संलग्न हुन यति हुन्छ भने अब सचेत हुनुस इलाका प्रहरी कार्यालय लहानले युवा लक्षित गरि गाउमा लागुऔषध नियन्त्रण गर्न प्रशिक्षण सुरु गरेको छ । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा सिरहामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत युवा समुह पोखरभिण्डा पर्सा र इलाका प्रहरी कार्यालयको समन्वयमा युवालाई लक्षितगरि  लागुपर्दाथ दुव्र्यशन र ओसारपोसार र कानुनी कारवाही सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
युवाहरुको सक्रियतामा परियोजना अन्र्तगत प्रहरीको समन्वयमा वडा भरिमा लागु औषध प्रयोग गर्ने,ओसार पोसार गर्ने र समाजमा विकृति फैलाउने कार्य रोक्नका लागि प्रहरीकै माध्यमबाट पोखरभिण्डा वडाका ४५ जना युवाहरुलाई प्रशिक्षण दिइएको छ । 
पोखरभिण्डाका वडाध्यक्ष धर्मेन्द्र कुमार रायले भने लागुऔषध र घरेलु उत्पादन रक्सीका कारण समाज नै असभ्य र अव्यवस्थित भइसकेको वताए । उनले भने यस्ता कार्यक्रम वडामा पहिलो पटक भएको छ त्यो पनि युवासंग सम्बन्धित यो उदाहरणीय काम हो यसलाई निरन्तरता दिनका लागि वडाले युवा लक्षित वडाको वजेटबाट समेत लगानी गरि लागुपर्दाथ सेवन र ओसारपोसारको कार्य अविलम्ब न्युनिकरण गर्ने प्रतिबद्धता व्यतm गरे  ।
उनले भने समाज परिवर्तनको मुख्य संवाहक नै युवा हो तर युवाहरुको संगत नै खराव भएपछि समाज कसरी परिवर्तन हुन सक्छ त्यसका लागि संघसस्था र समाजका अगुवाहरु ले पनि सकारात्मक कार्यमा युवाहरुलाई सहयोग र साथ दिनुपर्छ । 
अन्तरक्रिया कार्यक्रममा मानव अधिकार निगरानी समुह सितापुरका संयोजक नन्द किशोर चौधरीले भने मानव अधिकार लाई पुर्ण रुपमा पालनागर्नका लागि दुव्र्यशसन मुतm समाज आवश्यक रहेको वताए । उनले भने समाजमा कुसस्कार कर कुरिती,वालविवाह, दाइजो प्रथा,अनमेल विवाह यीसबै लागुऔषधकै कारणले समाजमा व्याप्त रहेको वताए । यस वडामा युवाहरुको सक्रियता प्रति खुशी व्यतm गर्दै भने यस वडाका युवाहरुले चलाएको अभियान सकारात्मक सन्देशका लागि भएकोले यसमा समाजको पुर्ण सहयोग र  समर्थन हुने वताए । यहाका युवाले गरेको उदाहरणीय काम भोलि अन्य वडामा पनि संचालन हुने वताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सामुहिक रुपमा लागुपदार्थ दुव्यशन र ओसारपोसार नगर्ने प्रतिबद्धता जनाए । युवाहरुले अबका दिनमा यी प्रतिबद्धतालाई कायम राख्नका लागि जनचेतना मुलक बोर्ड वडाको सार्वजानिक स्थल,विजुलीको पोलमा लागुपदार्थ दुव्यर्शन मुतm एरिय लेखेर झुन्ड्याउने युवा समुहका अध्यक्ष विशाल साहले वताए । 
अर्का युवा प्रभावकर चौधरीले भने हामी युवाले अब यो वडा गाउपालिकाकै नमुना बनाउने छौ त्यसका लागि समाजका अगुवा,वडा कार्यालयको सहयोग र साथ आवश्यक रहेने वताए ।  वडाको साथ रहे यस वडामा लागुपदार्थ सेवन र ओसारपोसार पूर्ण रुपमा बन्देज हुने वताए । 
अन्तरक्रिया कार्यक्रममा नेपाल मधेश फाण्डेशनका सिरहा जिल्ला संयोजक देवकुमार साहले जनचेतनाका कारण युवाहरु क्ुलतमा फसिरहेको वताए । केही युवा कुलतमा फस्ने र त्यसले समाजका अन्य युवाहरुलाई समेत कुलतमा फसाउने गरेको वताए । त्यसैले यसलाई न्युनिकरण गर्नका लागि युवा सक्रिय भए न्युनिकरण गर्न सहज हुन्छ र समाजमा उदाहरण को पात्र युवाहरु बन्नेछन् । 
अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक बैधनाथ यादवले लागुऔषधको प्रकार, सरकारले प्रतिबन्ध गरेका  नियम लागुपदार्थबाट हुने बेफाइदा, लक्षण र कानुनी कारवाही लगायतको विषयमा प्रशिक्षण गरेका थिए । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »