मट्का फोडमा दिप ज्योति प्रथम

प्रकाशित समय 9:01:00 PM
कमलेश यादब
सिरहा, १८ फागुन । लहानमा शुक्रबार सम्पन्न मट्का फोड प्रतियोगितामा दिपज्योति बचत तथा ऋण सहकारी सँस्था प्रथम भएको छ ।
ग्लोबल फ्रण्ड्स एसोसिएसन द्वारा आयोजित उक्त कार्यक्रममा निर्धारित सात मिनेटको लक्ष्यमा दिपज्योति बचत तथा ऋण सहकारी सँस्थाले १८ दशमलव १६ सेकेण्डमा मट्का फोडी प्रथम उपाधि प्राप्त गरेको छ । दिपज्योतिपछि लहान एभरेष्ट कलेजले २० दशमलव २० सेकेण्डमा मट्का फोडी द्वितीय उपाधी हासिल गरेको थियो ।
उक्त प्रतियोगितामा जेएस मुरारका बहुमुखी क्याम्पस, बज्रशक्ति युवा क्लव तथा लहान नगरपालिकाको सरसाफाई टोली समेत सहभागी भएको थियो । प्रथम तथा द्वितिय भएका समुहलाई लहान नगरपालिकाका नगर प्रमुख मुनि साहले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको थियो । प्रतियोगितामा विजेताका लागि सात हजार एक सय रुपियाँ तथा उपविजेताका लागि पाँच हजार एक सय नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
ग्लोबल फ्रैण्ड्स एसोसिएसन ले भट्किलो भन्दै गएको होली पर्वलाई मर्यादित तथा साँस्कृतिक बनाउन पाँच वर्षदेखि होली महोत्सव गर्दै मट्का फोड कार्यक्रम आयोजना गर्दै आएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »