गुुणस्तरिय शिक्षाका लागि सहकार्य र समन्वय आवश्यक ः आयोग अधिकृत यादव

प्रकाशित समय 8:14:00 PM
कमलेश यादव
लहान, ११ चैत्र । गुणस्तरिय शिक्षाका लागि सहकार्य र समन्वय आवश्यक रहेको राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दिप कुमार यादवले वताए । उनले विधालयबाट  गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि अभिभावक विधालय व्यवस्थापन समिति सदस्य,समाजसेवी,विधालयका प्रध्यानाध्यापक र शिक्षक विचमा समन्वय नभएको कारणले तराईमा गुणस्तरिय शिक्षा नभएको वताए ।
अनौपचारिक क्षेत्रसेवा केन्द्र इन्सेकद्धारासञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने परियोजना अन्तर्गत लक्ष्मीपुर पतारी गाउपालिकाको वडा नं ३ मा गठित मानव अधिकार निगरानी समुह र जनता नन्द ललिता माध्यमिक विधालयको समन्वयमा आइतबार आयोजित गुणस्तरिय शिक्षाका लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अधिकृत यादवले भने विधालयलाई सुर्धानका लागि अग्रसरता लिनुपर्ने वताए ।  उनले भने शिक्षा मानवका लागि मेरुदण्ड भएको हु“दा यसमा सबैले लगानी गर्नुपर्ने बताए । शिक्षाले नै गाउसमाज परिवर्तन हुने भएको हुदा यसलाई परिवर्तन गर्नका लागि समाजका अगुवाहरुको मुख्य जिम्मेवारी रहेको बताए ।  राज्यले निदिष्ठ गरेको अधिकार मध्येका एक हुन शिक्षा यसमा कसैले खेलवाड गरे दिर्घकालिन असर समाजमापर्ने वताए । त्यसैले विधालयलाई राम्रो गुणस्तरिय बनाउनका लागि सहकार्य र समन्वय नियमित गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने वतावरण वनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सिरहाका विधालय निरिक्षक भवानी कटेलले देश संघियतामा गइसकेको हुदा सिंहदरवार गाउमै आइसकेको हुदा यसलाई स्थानीय सरकारले भरपुर्ण उपयोग गर्नुपर्ने बताए । उनले स्थानीय तहमा शिक्षा सम्बन्धी अधिकार र व्यवस्थाको वारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । विधालयमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि प्र.अ.एकलैले सम्भव नहुने वताए । सरकारले धेरै पहिले दरवन्दी कायम गरे अनुसार अहिलेको शिक्षा प्रणली त्यसै अनुरुप चलिरहेको भन्दै विधार्थी अनुपातमा शिक्षकको दरवन्दी न्युन रहेको वताए । शिक्षकको दरवन्दी मिलान र विधार्थी अनुसारको शिक्षकको व्यवस्था गर्नका लागि स्थानीय सरकारसंग कानुनी जटिलताहरु रहेको हुदा तत्कालै शिक्षक विधार्थी अनुपातमा व्यवस्था गर्न स्थानीय सरकारलाई समस्या हुने बताए । उनले भने प्रभावकारी शिक्षाका निम्ति अभिभावक र समाजका अगुवारुहको सहयोग आवश्यक रहेको बताए ।  विधार्थी विधालयबाट घर जादा अभिभावकले आफनो विधार्थीले गृहकार्य गरे नगरेको विधालयमा विधार्थी गए नगएको बारे सोधखोज गर्ने चलन नभएको हुँदा गुणस्तरिय शिक्षामा समस्या देखिएको बताए । शिक्षालाई प्रभावकारी वनाउनका लागि सबैको नैतिक जिम्मेवारी वहन गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सिरहाका श्रोत व्यतिm एकलास कुमारी यादवले विधालयमा पार्दशितता र जवाmिदेहीता कायम नभएको हुदा गुणस्तरिय शिक्षा प्रदान गर्न समस्या भइरहेको बताए । उनले भने शिक्षा क्षेत्र अति संवेदनशिल भएको र त्यसमा सरोकारवालाहरुको गम्भिर ध्यान नरहेको वताइन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »